जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, February 23, 2011

भूकम्पले न्यूजिल्याण्डमा ६५ को मृत्यु

नारायण खड्का - अष्ट्रेलिया, फाल्गुन १० - 

न्युजिल्याडमा बुधबार बिहान गएको भुकम्पमा परि ६५ जनाले ज्यान गुमाएका छन् । दर्जनौं पुरिएको र करोडौं डलर बराबरको सम्पतीको क्षति भएको अधिकारीहरुले जनाएका छन् । घटनामा कुनैपनि नेपालीहरु हताहत भएको सुचना अहिलेसम्म नआएको अष्ट्रेलियास्थित नेपाली दुतावास र अवैतनिक महावाणिज्यदुतावासले बताएको छ ।
मध्यान्ह १२ बजेर ५१ मिनेट अर्थात नेपाली समयअनुसार बिहान ५ बजेर ५१ मिनेटमा गएको भुकम्प ६.३ रेक्टर स्केल मापन गरिएको छ । भुकम्पका कारण न्युजिल्याडको मुख्य तथा पर्यटकीय शहर क्राइष्टचर्च करिब ध्वस्त भएको छ । भुकम्पमा परि अहिलेसम्म ६५ जनाले ज्यान गुमाईसकेको न्युजिल्याडका प्रधानमन्त्री जोन केले पुष्टि गरेका छन भने यो साख्या अझ बढ्न सक्ने बताएका छन् ।
भुकम्पका कारण सयौं घरहरु नष्ट हुनुका साथै दर्जनौं ब्यक्तिहरु अहिलेपनि पुरिरहेको अधिकारीहरुले बताएका छन् ।घटनाका बारेमा यहाास्थित नेपाली अवैतनिक बाणिज्यदुत दीपक खडकाले अहिलेसम्म कोहीपनि नेपालीहरु घटनामा परि हताहत भएको खबर नआएको बताए ।
क्राईष्टचर्च शहरको १० किलोमिटर दक्षिण केन्द्रबिन्दु रहेको भुकम्पको धक्का १ मिनेटसम्म अनुभव गरिएको प्रत्यक्षदर्शी तथा पीडितहरुले बताएका छन् । न्युजिल्याण्डको मुख्य पर्यटकीय शहर मानिएको यो शहरलाई अहिले युद्धग्रस्त क्षेत्र तथा आपतकालिन क्षेत्रका रुपमा न्युजिल्याण्ड सरकारले घोषणा गरिसकेको छ भने थप भुकम्प आउन सक्ने डरले सबै नागरिकहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भुकम्पका कारण त्यहााको बिमानस्थलमा समेत क्षती पुगेकाले हवाई यातायात बन्द गरिएको छ भने फोन, बिद्युत लगायतका महत्वपुर्ण सेवा समेत अबरुद्ध बनेको छ ।
बाणिज्यदुत खडकाका अनुसार भुकम्प गएको स्थानमा नेपालीहरुको समेत बाक्लै बसोबास रहेको छ । घटनामा नेपालीहरु समेत हताहत भएको हुनसक्ने भएपनि फोन सम्पर्क सम्भव नभएको र न्युजिल्याण्डमा नेपाली दुतावास नभएकाले सुचना पाउन समस्या भएको छ । तरपनि सुचना साकलनको प्रयास भइरहेको उनले बताए ।
न्युजिल्याण्डमा यसअघि अघिल्लो बर्षको सेप्टेम्बरमा ७.१ रेक्टर स्केलको भुकम्प गएको थियो । तर यसपटकको भुकम्पले त्यस समयको भन्दा धेरै क्षती पुरयाएको सञ्चारमाध्यमहरुले जनाएका छन् । भुकम्पका कारण घरहरुमा पुरिएका ब्यक्तिहरुलाई निकाल्न उद्धारकार्य रातभर जारी रहने न्युजिल्याण्ड सरकारका अधिकारीहरुले बताएका छन् । न्युजिल्याण्ड सरकारले यो बिपत्तिलाई बिगत ८ दशककै सबैभन्दा ठूलो बिपत्ति भएको बताएको छ ।

No comments:

Post a Comment