जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, February 26, 2011

ससुराली घरमा आगजनी, सासुमाथि खुकुरी प्रहार

ससुराली पुरुषको दोस्रो घर मानिन्छ । ज्वाँई ससुरालीकालागि सधैको सम्मानित पाहुना हो । उसलाई सासु ससुरा लगायतका ससुरालीले लागे पुगे र सके सम्मको सम्मान दिन्छन् । यो हिन्दु संस्कार हो । तर एक ज्वाँईले त्यहि घरमा आगजनी गरी सासुलाई खुकुरी प्रहार गरेका छन् ।
उदयपुरको पहाडी गाविस बलम्तामा
एक ज्वाँईले ससुराली घरमा शनिबार आगजनी गर्दै सासुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
ससुराली गाउँ नजिकैको अर्काे गाउँ ताम्लिछा ५ का मन्दीप राईले बलम्ता ४ माझगाउँका बखतराम राईकी श्रीमती जयनसरी राईलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
शुक्रबारको मध्येरातमा ससुराली पुगेका ज्वाँई मन्दीपले एक्कासी सासुमाथि जथाभावी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट ५२ वषर्ीय सासु जयसरीको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने हातमा पनि चोट लागेको छ ।
सासुमाथि खुकुरी प्रहार गरेपछि सन्दीपले घरमा आगजनी गरिदिएका थिए । सासुलाई प्रहार गरेपछि आफ्नै श्रीमति माथि खनिएका थिए तर श्रीमति भने भाग्न सफल भएकी थिइन् । श्रीमतिलाई कुट्न नपाएको झोकमा सन्दीपले घरमा रहेका भाँडाहरु तोडफोड समेत गरेका थिए ।
घरमा आगजनी गर्दै वितण्डा मच्चाउने क्रममा भने ससुरा घरमा थिएनन् । उनी एक दिन अघि नै सुनकोसी छेउको गोदेली घाटमा गएका थिए ।
सन्दीपले एक महिना अघि कान्छी साली १६ वषर्ीया विनालाई हम्बरले हानेर फरार भएका थिए । सधै आफ्नी दिदि संग झगडा गर्ने कारण बारे सोध्दा सन्दीपले विनालाई हम्बरले प्रहार गरेका थिए ।
आक्रमणमा परकी विनाको उपचारमा साढे दुई लाख खर्च भएको र सो रकम तिराउन खोज्दा सन्दीप भागेका थिए । सालीमाथि आक्रमण गरेपछि उनको ससुरालीसंगको विवाद उत्कर्षमा पुगेको थियो ।
सन्दीप नेपाली सेनाका अवकासप्राप्त जवान हुन् । ४५ वषर्ीय सन्दीपले बखतरामकी जेठी छोरी सैमीलाई तेस्रो श्रीमतिको रुपमा विहे गरेका थिए ।
सन्दीप अहिले फरार छन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाउँलेहरुले पनि उनको खोजी भइरहेको जनाएका छन् । झलनाथलाई पार्टी छोड्न माओवादी सुझाव
१४ फागुन, काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालले सात बुँदे सहमति कार्यान्वय गर्न नसकेको भन्दै एकीकृत नेकपा माओवादीका पोलिट्व्युरो सदस्य हेमन्त प्रकाश ओलीले पार्टी छोड्न सुझाव दिएका छन् ।
उनले भने- झलनाथ खनाल ज्यु, अध्यक्षका हैसियतले गरेको निर्णय लागु गर्न नसक्ने हो भने पार्टी त्यागेर स्वतन्त्र नेता बन्नुस ।
सात बुँदे सहमति कार्यान्वयन नभए सम्म सरकारमा सामेल नहुने भन्दै ओलीले एमालेले सम्झौता तोडेकोले सहकार्यमाथि नै प्रश्न चिन्ह खडा भएको बताए ।
१२ बुँदे सहमति देखि नै परिवर्तनको गतिलाई रोक्न चाहने शक्तिहरु अहिले सम्म पनि सक्रिय रहेको भन्दै ओलीले अहिले जनसेनालाई समायोजन हुन नदिने षड्यन्त्र भएको बताए ।

No comments:

Post a Comment