जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, March 17, 2011

‘सहवासको बेला मदिराले आत्मविश्वास बढाउँछ’

मेलवर्न । एक अध्ययन अनुसार महिलाहरुले सेक्सको समयमा आत्मविश्वास बढाउन मदिराको सहारा लिने गर्दछन् । ‘फेमफ्रेश’ नामक संस्थाको सर्वेक्षण अनुसार १८ देखि ५० वर्ष उमेर समूहका ३ हजार महिलाहरुमा गरिएको सर्बेक्षणअनुसार अधिकांशले मदिरा सेवन गरेर सेक्स गर्न आत्मविश्वास बढ्ने जवाफ दिएका छन् । मदिरा सेवन गरेर सेक्स गर्दा लाज हट्ने र अझ बढी रोमान्स हुने उनीहरुको अनुभव छ ।
सोधकर्ताका अनुसार ३ हजार महिलामध्ये औसत १ जना महिला ८ जना पुरुषसँग सुतेको र ५ जनासँग सहवास गर्ने क्रममा मदिरा सेवन गरेको पाइएको थियो । गजब त के छ भने ती महिलाहरुलाई आफूसँग सहवास गरिरहेको पुरुषको नाम भने जानकारी थिएन ।
सर्बेक्षणबाट यो पनि खुलासा भएको छ की ७५ प्रतिशत महिला मदिरा सेवन गरेर सेक्स गर्न मन पराउँछन् । १४ प्रतिशत महिलाले त मदिरा नखाईकन ‘बेडपार्टनर’सँग सुत्नै नसक्ने जवाफ दिए । ६ प्रतिशत महिलाले भने मदिरा सेवन गरेर सेक्स कहिल्यै पनि नगरेको जवाफ दिएका थिए ।
शोधकर्ता फेमफ्रेशका क्याथरी लेकल्याण्डका अनुसार यस सर्वेक्षणबाट के पत्ता लागेको छ भने महिलाहरु आफ्नो आत्मविश्वास बढाउन मदिराको सहारा लिने गर्दछन् ।

No comments:

Post a Comment