जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, February 24, 2011

लिबियाका नेपालीलाई कायरो लगिँदै

मणि दाहाल, काठमाडौं, फागुन १२- 

खाडी मुलुक लिबियामा सरकारविरोधी प्रदर्शन चर्केपछि पूर्वी सहर दर्नामा अलपत्र नेपाली कामदारको उद्धार थालिएको छ। बुधबार अपराह्न त्यहाँ रहेका नेपालीलाई आठवटा ट्रकमा राखेर दर्नाबाट इजिप्टको राजधानी कायरोतर्फ लग्न थालिएको छ।
नेपाली कामदार रहेको दक्षिण कोरियाली निर्माण कम्पनी 'वन कन्ट्रक्सन' ले उद्धार व्यवस्था मिलाएको त्यहाँ कार्यरत एक कामदार दुवरचन्द्र राईले जानकारी दिएका छन्।'हामी अहिले ट्रक चढ्न लागेका छौं,' खोटाङ बुइपाका राईले नागरिकसँग फोनमा भने, 'बाटोमा कतै समस्या नआए तिमीहरू करिब १२ घन्टामा इजिप्ट पुग्छौ भनेका छन्।'
लिबियासमेत हेर्दै आएको कायरोस्थित नेपाली दूतावासका प्रथम सचिव तीर्थ अर्यालले कामदार नेपाल पुग्न १० देखि १५ दिन लाग्न सक्ने बताएका छन्। अर्यालले भने, 'यहाँ कामदार पठाउने म्यानपावर कम्पनीका प्रतिनिधि पनि उनीहरूलाई लिन इजिप्ट आउन लागेका छन्।'
४२ वर्षदेखि शासनरत कर्णेल मुआमार गद्दाफीविरोधी आन्दोलनकारीले कम्पनीको आवासगृहमा आगजनी गरेपछि एक सातादेखि नेपालीसहित करिब २ हजार मजदुर
पार्टी प्यालेसमा शरण लिँदै आएका छन्।
अर्यालले स्वदेश फर्काउन लाग्ने खर्चबारे नेपाल सरकारलाई चाँडै जानकारी गराइने जनाए।
'लिबियाका रहेका अन्य नेपालीको पनि चाँडै उद्धारका लागि सम्बन्धित कम्पनीसँग सम्पर्क गरिरहेका छौं,' उनले भने। लिबियाको त्रिपोलीमा पनि नेपाली कार्यरत रहेको उनले बताए। 'त्रिपोलीबाट इजिप्ट ल्याउन सडकयात्रा सुरक्षित छैन, त्यसैले विमानबाट ल्याउँछौंँ,' उनले भने।
टिकटका लागि आवश्यक रकम जुट्नेबित्तिकै कामदार फर्काउन सुरु गरिने उनले बताए।
लिबियामा  ३ हजार २४ नेपाली कामदार रहेको सरकारी तथ्यांक छ।
इजिप्टमा नेपाली कामदारलाई खाना र बासका लागि स्थानीय संघसंस्थासँग समन्वय प्रयास भइरहेको अर्यालले जानकारी दिए।

No comments:

Post a Comment