जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, February 24, 2011

तेह्र युवतीलाई बन्धक बनाउने तीन दलाल नियन्त्रणमा

काठमाडौँ, फागुन १२ - 

काठमाडौँको जोरपाटीस्थित एक घरमा १३ युवतीलाई बन्धक बनाइ राख्‍ने तीनजना दलाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको छ।बाँके, झापा, इलाम र पाँचथरबाट ल्याइएका ती युवतीलाई दलालले अरुले जानकारी नपाओस् भन्ने उद्देश्यले बन्धक बनाएर राखेको बुझिएको छ। धरानका राजु शाक्य, झापाकी लक्ष्मी खड्का र आशालाल मिचेले ती युवतीहरुलाई जोरपाटीको एक घरमा राखेर कसैसँग सम्पर्क गर्न नदिई बन्धक बनाएको छ भन्ने युवा सङ्घ
नेपालको विशेष सुराकीको आधारमा सो ब्युरोले कारबाही अघि बढाएको हो।
ती युवतीहरुको राहदानी र मोबाइलसमेत खोसेर दलालले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
ती युवतीलाई कुबेतमा बिना टिकट रोजगारीका लागि पठाइने आश्वासन दलालले दिएकाले रोजगारीको प्रलोभनमा ती युवतीहरु काठमाडौँ आउन राजी भएको बुझिएको छ।
चारदिनको अनुसन्धानपछि नियन्त्रणमा लिन सफल भएको सो ब्युरोले थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धमा लाने तयारी गरेको छ।
प्रहरीका अनुसार ती दलाललाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा लगाउने तयारी भइरहेको छ। -रासस

No comments:

Post a Comment