जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, February 22, 2011

एक नेपाली युवा अमेरिकामा माग्दैछन् जिवनको भिक्षा

न्युयोर्क -

एकजना नेपाली युवाले अमेरिकामा जिवनको भिक्षा मागिरहेका छन् । मृगौला खराब भएपछि न्युयोर्कमा सुरक्षा गार्डको काम गर्दै आएका शेरबहादुर बुढाथोकीले नेपालीहरुसंग उपचारका लागि सहयोगको याचना गरेका छन् । ३३ वर्षका बुढाथोकीको मृगौला अन्तिम अवस्थामा पुग्दै गरेको ६ महिना अगाडि नै चिकित्सकले जानकारी दिएका थिए । तर उपचारका लागि रकम अभावका कारण बुढाथोकीले उपचार गराउन सकेका छैनन् ।तीन वर्षको उमेरमा नै बाबुआमा गुमाएका बुढाथोकी सन् २००९ मा अमेरिका आएका थिए । त्यतीबेलादेखि नै उनले सुरक्षा गार्डको काम गर्दै आएका छन् । ६ महिना अगाडि चेकअप गराउंदा मृगौला असाधारण अवस्थमा पुगेको थाहा पाएको बुढाथोकीको भनाइ छ । अपरेशन गर्न अत्यन्तै महंगो पर्ने भएकाले र तत्काल त्यसका लागि भारत जानुपर्ने भएकाले
बुढाथोकीले आर्थिक सहयोगको आग्रह गरेका हुन् ।  इनरुवा सुनसरीका बुढाथोकी न्युयोर्कमा बस्दै आएका छन् । उनलाई सहयोग गर्न चाहनेले उनको बैंक अफ अमेरिकाको चेकिङ खाता नम्बर ४८३०२९९९४९८९ मा रकम संकलन गरिदिन सक्नुहुनेछ । उनको रुटिङ नम्बर ०२१०००३२२ हो भने फोन नम्बर ९१७ ७५६ १३०० हो ।
बुढाथोकीले पठाएको अनुरोधपत्र यस्तो छ -

No comments:

Post a Comment