जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, February 22, 2011

मास्टरले नै व्लु फिल्म सुटिङ गरेपछि……

हुन त अहिले व्लु फिल्म छ्याप छ्याप्ती पाइन्छ । बजारमा रोजी रोजी र इन्टरनेटमा खोजी खोजी व्लु फिल्म हेर्नेहरुको ताती पनि उस्तै छ । कतै स्कुल सेक्सका नाममा त कतै हट सेक्सका नाममा । तर विद्यालयमै शिक्षकले व्लु फिल्म सुटिङ गरेपछि एक जोडी कारवाहीमा परेको छ ।
बेलायतमा एक जना शिक्षकले सहायक कर्मचारीसँग ‘सेक्स टेप’ बनाएपछि विद्यालय प्रशासनले दुवैजनालाई निलम्वनमा गरेको छ । उनीहरु दुवै जनाले सेक्स टेप मात्र बनाएका थिएनन्, त्यसलाई विद्यालयको कम्युटरमा समेत राखेका थिए । शिक्षकका साथिहरुले कम्प्युटरमा सेक्स
टेप देखेपछि प्रशासनलाई खबर गरेका थिए । प्रशासनले पुरुष शिक्षक र महिला सहायकलाई तत्कालै निलम्वन गरेको थियो ।
भिडियोमा पुरुष कर्मचारी कुर्चीमा बसिरहेको र क्यामेरामा हेरेका थिए भने महिला सहायकले ‘सेक्स अभिनय’ गरेकी थिइन । पछि उनीहरुले विद्यालयमै यौनजन्य क्रियाकलपा गरेर ‘सेक्स भिडियो’ बनाएका थिए । जसलाई उनीहरुले कम्युटरमै सेभ गरेका राखेका थिए ।
भिडियो भेटेपछि विद्यालयले ४६ वर्षका शिक्षक टिम एडवार्ड र ५० वर्षकी सहायक एन्जेला थ्रोनहिललाई विद्यालयबाट निलम्वन गरेको छ । दक्षिणी लण्डनस्थित क्राउडनको एडिङटन विद्यालयमा फिल्म खिचिएको हो वा होइन भन्ने विषयमा विद्यालयले छानविन गरिरहेको छ ।
विद्यालयको कम्युटरमा राखिएको यो भिडियोसम्म ८०० विद्यार्थीको पहुँच भए पनि कतिले त्यसलाई हेरे वा हेरेनन् भन्ने विषयमा विद्यालय प्रशासन भने मौन छ । एडवार्डलाई विद्यालयले वाषिर्क ४७ हजार पाउण्ड तलव दिन्थ्यो । उनी त्यो विद्यालयका कम्युटर टेक्नोलोजी सम्वन्धी शिक्षकको अलावा सूचना तथा सञ्चार प्रमुख समेत थिए । उनले विद्यालयमा विद्यार्थीलाई कम्युटर दुरुपयोग सम्वन्धी पाठसमेत पढाउँथे ।
शिक्षक विवाहित छन भने सहायकका दुई छोराछोरी छन्, ती सहायकले श्रीमानलाई भने छोडपत्र दिइसकेकी छन् । सुरुमा विद्यालय सरसफाइको जागिरमा प्रवेश गरेकी एन्जेलालाई बढुवा गरेर कक्षाकोठाको सहायक बनाइएको थियो ।

No comments:

Post a Comment