जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, February 21, 2011

पूर्वगृहमन्त्रीले लगे एक करोडको पजेरो


काठमाडौं, ९ फागुन

निवर्तमान गृहमन्त्री भीमबहादुर रावलले एक करोड मूल्यको मित्सुबिसी पजेरो गाडी घर लगेका छन् । आफ्ना लागि भन्दै एक वर्षअघि किन्न लगाएको पजेरो नै रावलले लगेका हुन् ।
नयाँ आउने गृहमन्त्रीबाट अनुमोदन गराउने गरी गृहसचिव डा. गोविन्द कुसुमले रावललाई बा.१झ ८६७१ नम्बरको गाडी दिने निर्णय गरेको स्रोतले बतायो । स्रोतका अनुसार रावलकै दबाबमा उनले गाडी दिने निर्णय गरेका हुन् । नियमअनुसार अघिल्ला मन्त्रीलाई गाडी दिने निर्णय नयाँ गृहमन्त्रीले गर्नुपर्ने हुन्छ ।
सचिव कुसुमले रावल गृहमन्त्री छँदा प्रयोग गरेको महँगो गाडी उनलाई दिने निर्णय गरेकोमा कर्मचारीले आलोचना गरेका छन् । उनीहरूले गृहमन्त्री भएपछि महँगो गाडी खरिद गर्न दबाब दिने र पदबाट हटेपछि त्यही गाडी घर लैजाने परम्पराको विरोधसमेत गरेका छन् । मन्त्री परिवर्तन भएपछि नयाँ गाडी किन्ने गर्दा राज्यलाई अनावश्यक व्ययभार पर्ने गरेको पनि उनीहरूको भनाइ छ ।
'अब आउने गृहमन्त्रीले पनि महँगो नयाँ गाडी किन्न लगाउँछन्,' गृहका एक उच्च अधिकारीले भने, 'किनकि नयाँ मन्त्रीले चढ्नलायक भिआइपी गाडी अब गृहसँग छैन् ।'
स्रोतका अनुसार गाडी दिने निर्णय गर्नुअघि मन्त्रालयका केही अधिकारीले निवर्तमान गृहमन्त्री रावललाई दिनै पर्ने भए २० देखि ३० लाख मूल्य पर्ने गाडी उपलब्ध गराउन सुझाब दिएका थिए । तर, सुझाबको सचिवले बेवास्ता गरेको ती अधिकारीहरूको भनाइ छ ।
रावलले यसअघि प्रयोग गर्दै आएको सस्तो मूल्यको बा.१झ ५२६५ नम्बरको गाडी भने मन्त्रीबाट हटेलगत्तै गृह मन्त्रालयमा बुझाएका छन् । स्रोतका अनुसार मन्त्रालयका केही अधिकारी त्यही कार रावललाई दिने योजनामा थिए । यअसघि सरकारी कार्यदलले प्रधानमन्त्री र गृहमन्त्रीले चढ्ने गाडी महँगा र नयाँ हुने भएकाले पदबाट हटेपछि त्यही गाडी नदिएर कम मूल्यका गाडी दिनुपर्ने नियम बनाउन सुझाब दिएको थियो ।

No comments:

Post a Comment