जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, February 4, 2011

गाउँलेको प्रतिकारमा एक डाँकाको मृत्यु

२२ माघ, नेपालगन्ज । बाँकेको बेलहरी ७ मा गाउँलेको प्रतिकारमा एक डाँकाको मृत्यु भएको छ । स्थानीय जगु चमारको घरमा लुटपाट गर्ने क्रममा गोली चलाएपछि गाउँले सबै मिलेर डाँका समूहको प्रतिकार गरेका थिए ।
डाँकाहरुले चलाएको गोली चमारको तिघ्रामा लागेपछि गाउँलेहरुले बन्चरो प्रहार गर्दा मनिकापुर ७ का शिवकुमार कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको पोशाक लगाएको समूहले डकैतिको प्रयास गरेको थियो । जिल्ल्ाा प्रहरी कार्यालयका डिएसपी बिनोद घिमिरेले घटनाको बिस्तृत विवरण आईनसकेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment