जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, February 4, 2011

लोडसेडिङ फेरि बढ्यो, दैनिक १४ घण्टा विद्युत कटौती

२२ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ । प्राधिकरणको अनुसार अब दैनिक १४ घण्टाको दरले सातामा ९८ घण्टा विद्युत कटौती हुने छ । लोडसेडिङको नयाँ तालिका भने आउँदो सोमबारदेखि मात्र लागु हुने प्राधिकरणले जनाएको छ ।
यसअघि दैनिक १२ घण्टाको दरले सातामा ८४ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
सुख्खायाममा जलसायमा पानीको सतह घटेकोले लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरणले जनाएको छ ।

No comments:

Post a Comment