जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, February 4, 2011

बोक्सीको आरोपमा वृद्धालाई जलाइयो

सप्तरी, २२  माघ बोक्सीको आरोपमा हरिपुर-१ की ६६ वर्षीया धनमन्तीदेवी चौधरीलाई छिमेकीले कुटपिट गरेर आगो लगाएका छन् । उनी सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजमा कार्यरत असई भगवती चौधरीकी आमा हुन् ।
छिमेकी महेन्द्र साहको परिवारले धनमन्तीलाई बोक्सीको आरोपमा नियन्त्रणमा लिएर आगो लगाइदिएका हुन् । गत शनिबार महेन्द्र साहकी श्रीमती उमालाई बोक्सी लगाइएको भन्दै कुटपिट गरी आगो लगाएर मार्ने प्रयास गरिएको पीडित साहले बताइन् । 'घरमा पुरुष नरहेको मौका छोपेर गत शनिबार बिहान उमाकी श्रीमान् महेन्द्र, ससुरा रामचन्द्र र सासूले मलाई कुटपिट गरेर जिउमा आगो लगाइदिए,' नयाँ पत्रिकासित धनमन्तीले रुँदै भनिन्, 'आफ्नो शारीरिक अवस्थाका कारण राम्ररी हिँडडुल गर्न नसके पनि बोक्सीको आरोप लगाउँदै निर्घात कुटे ।'
कुटाइबाट वृद्धा धनमन्तीको टाउको र देब्रे खुट्टामा नीलडाम छ । गत तिहारमा पनि उनीहरूले बोक्सीकै आरोपमा धनमन्तीमाथि कुटपिट गरेका थिए । 'मेरी बुहारीलाई निको नभए घरसमेत जलाइदिने रामचन्द्रले धम्की दिएको छ,' धनमन्तीका ७० वर्षीय श्रीमान् कुसुमलाल चौधरीले भने, 'गाउँमा गत आइतबार भएको पञ्चायतीमा पनि उनीहरूले गाउँ-समाजको कुरा मानेनन्, उल्टै घरमा आगो लगाउने धम्की दिए ।' गाउँकै धनाढ्य व्यक्ति भएका कारण उनको विरुद्धमा छिमेकीले पनि नबोल्ने गरेको उनको भनाइ छ । 'छोरा असई हो, राजविराजमै काम गर्छ,' कुसुमलालले भने, 'आमामाथि कुटपिट गरेको विषयमा छोरालाई भनँे, उतैबाट प्रहरीमा निवेदन दिएर कानुनी कारबाहीमा जाने भन्यो ।' यता, पीडित धनमन्तीका छोरा असइ भगवती चौधरीले आफूले परिवारको शान्ति-सुरक्षाका लागि प्रहरीमा जाहेरी दिएको बताए ।
यसैबीच, आरोपी साहका परिवारले धनमन्तीमाथि कुटपिट नगरेको दाबी गरेका छन् । तर डाक्टरले रोग नदेखाएपछि धामीकहाँ धाएकी धनमन्तीले नै उमादेवीलाई बोक्सी लगाइदिएको उनको आफन्तको आरोप छ । उमादेवी लाहानस्थित जेएस मुरारका क्याम्पसको बिए दोस्रो वर्षमा अध्ययनरत छिन् ।

No comments:

Post a Comment