जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, February 5, 2011

किन हुन्छ कुष्ठरोग ?

सुशील रिजाल 'अभिनव' (काठमाडौँ विश्वविद्याë

हरेक वर्ष अङ्ग्रेजी महिनाको पहिलो महिना, जनवरीको अन्तिम दिन ३१ तारिखमा विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ । कुष्ठरोगका विरुद्ध जनचेतना जगाउन अनि कुष्ठरोगीको सहयोगका लागि भनेर धेरै सभा, सम्मेलन र र्‍यालीको आयोजना गरिए पनि कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन भएको पाइँदैन ।
हाम्रै समाजमा कुष्ठरोग अनि रोगीका बारेमा रहेको नकारात्मक सोचाइ, व्यवहार र कुष्ठरोगसम्बन्धी आवश्यक चेतनाको अभावका कारण न त विरामी आफैँ रोगको निदानका
लागि अगाडि आउन सकेका छन् न त परिवारका सदस्य, आफन्त अनि समाजले रोगीलाई उपचार केन्द्रसम्म पुर्‍याउन आवश्यक पहल नै गरेका छन् ।
कुष्ठरोगलाई अङ्ग्रेजीमा लेप्रोसी भनिन्छ । जुन यो रोग लगाउने व्याक्टेरिया माइक्रोबेक्टिरियम लेप्रेइबाट आएको हो । यो रोगको अर्को नाम हान्सेन्स डिजिज पनि हो । माइकोवेक्टिरियाका अरू प्रजातिजस्तो यो, कुष्ठरोग लगाउने व्याक्टेरियालाई चाहिँ कृत्रिम वातावरणमा छुट्याएर वृद्धि गराउन सकिँदैन । 'अरमाडिल्लो' भन्ने एक प्रकारको जनावरबाहेक मानिसमा मात्र यो व्याक्टेरियामा पाइन्छ अनि मानिसको कोषबाहेक मुसाको खुट्टामा मात्र यसको वृद्धि गर्न सकिन्छ ।
विश्व स्वास्थ्य सङ्गठन -ध्ज्इ) को कुष्ठरोग निवारण परियोजना केही हदसम्म सफल भएको पाइन्छ किनकि हालसम्म एक करोड ३० लाख भन्दा बढी व्यक्तिलाई कुष्ठरोगबाट मुक्ति दिलाई सकिएको छ । परिवर्तित उपचार पद्धति लागू गरिए यता, सन् १९८५ देखि हालसम्म कृष्ठरोगीको सङ्ख्या ५४ लाखबाट घटाएर ६ लाखमा झारिएको छ । विश्वभरि भएका कुष्ठरोगीमध्ये भारतमा मात्रै ७० प्रतिशत रोगी रहेको पाइएको छ । भारतपछि ब्राजिल दोस्रोमा आउँदछ । कुष्ठरोग एसिया र अपि|mकामा अत्याधिक पाइने लाग्ने रोग हो ।
कुष्ठरोग यसरी नै सर्छ भनेर किटानका साथ भन्न नसकिए पनि नाकबाट निस्कने सिँगानलगायतका फोहोर नै प्रमुख तìव हो भनेर केही अध्ययनले देखाएका छन् । सन् १८७४ मा वैज्ञानिक हृयानसेनले नर्वेमा पत्ता लगाएको यो रोग मुख्यतयाः कुष्ठरोग लागेका विरामीको सङ्क्रमित छालासँग धेरै सम्पर्कमा रहेमा वा विरामीको नाकबाट निस्कने फोहोरमा रहेका कीटाणुको सम्पर्कमा आएमा सर्दछ । अनि विरामीको स्नायु प्रणालीमा प्रत्यक्ष असर पुर्‍याउँदछ ।
महिलाभन्दा पुरुषमा बढी लाग्ने गरेको पनि अध्ययनले देखाएको छ । साथै रोगको सीधा सम्बन्ध गरिबी र उच्च जनघनत्वसँग रहेको पाइएको छ ।
लक्षण ः
जीवाणु शरीरमा प्रवेश गरिसकेपछि रोगको लक्षण देखिनलाई केही महिनादेखि लिएर कयौं वर्षसम्म पनि लाग्न सक्छ । कुष्ठरोग अकस्मात लाग्ने रोग होइन, यो विस्तारै विरामीमा देखिन थाल्दछ ।
शरीरमा -कुनै पनि भागमा) दादजस्तो देखिन्छ, छालाको रङ फुस्रो हुन्छ अनि त्यो ठाउँमा छोएमा थाहा हुँदैन । कसै कसैमा शरीरमा विमिरा आउँछ अनि हलुका ज्वरो पनि आउँछ ।
कुष्ठरोग मुख्यतयाः दुई प्रकार हुन्छन
ट्युवरकुलोइड लेप्रोसी ः
यसमा, शरीरमा एउटा दादजस्तो आउँछ, जसले छालाको रङ फुस्रो बनाउँदछ अनि छोएको थाहा हुँदैन । खास गरेर त्यस्तो दाद हातखुट्टा, अनुहार वा नितम्बमा आउँछ । स्नायु प्रणालीमा खराबी ल्याउने हुनाले दाद आएको ठाउँ वरपरको मांसपेशी शिथिल र सानो हुँदै जान्छ । दाद केही समयपछि आफँै निको भएर जान्छ र यसको उपचार सजिलो छ ।
लेप्रोम्याटस लेप्रोसी ः
यसमा दाद शरीरको कुनै पनि भागमा आउन सक्छ, साथसाथै हातखुट्टा सुन्निने अनि रुघा लागिरहने हुन्छ । कानको छालामा आएको फरक चाँडै चिन्न सकिन्छ । आखीभौँका रौं पातलो हुँदै जान्छन् । रुघा लागिरहने भएकोले नाकमा चिलाएको जस्तो वा बन्द भएको जस्तो असजिलोपना भइरहन्छ । केटामा स्तन ठूलो हुँदै जाने, अण्डकोष चाहिँ सानो हुने हुन्छ । हातका औँलामा भएका स्नायु तन्तु बिगार्ने हुनाले औँला कुपि्रँदै जाने र पछि गएर औँला नै झर्ने सम्भावना रहन्छ ।
समाधान ः
पहिलेदेखि चलाइएका औषधिविरुद्ध व्याक्टेरियाले प्रतिरोधात्मक क्षमता बढाइसकेकाले व्याक्टेरिया विरुद्ध चार/पाँच वटा औषधि एकसाथ खान दिइन्छ जसलाई 'मल्टी ड्रग थेरापी' भनिन्छ ।
विरामीलाई शिक्षा दिनु पनि जरुरी छ । विरामीले आˆनो हात खुट्टाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने हुन्छ । हातखुट्टाका स्नायु तन्तु नष्ट हुने हुनाले विरामीले घाउ भएको पनि थाहा पाउँदैन जुनपछि गएर अल्सरमा परिणत हुन्छ । अल्सर भएपछि हातले केही सामान उचाल्न पनि हुँदैन । त्यसैले राम्रो खाले जुत्ता मोजा र पञ्जा लगाएर बस्न आवश्यक छ ।
कुष्ठरोगको उपचारमा विशेष ध्यान दिनुपर्छ । विशेषज्ञ डाक्टरकोमा गएर शल्यक्रिया र फिजियोथेरापीको मद्दतले उपचार गराउनु पर्छ ।
कुष्ठरोगको रोकथाम भनेको नै रोग लागेको थाहा पाउने वित्तिकै गएर उपचार गराउनु हो । ब्याक्टेरियाको सङ्ख्या बढ्न नदिएमा रोगको निदान पनि चाँडै हुन्छ अनि शरीरको अङ्गको क्षति पनि कम व्यहोर्नुपर्छ ।
याद राखौं :
नबिराई गरेदेखि औषती मूलो,
कुष्ठरोग भन्ने कुरो, अब छैन ठूलो !!

No comments:

Post a Comment