जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, February 7, 2011

श्रीमतीको हत्या

बिर्तामोड(ब्लाष्ट) घरायसी विवादका कारण आप्ः्नै श्रीमतीको हत्या गर्ने झापाको अनामरनी–१ स्यालडाँगीका २० वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । शेरी भनिने १९ वर्षीया श्रीमती शारदा चौधरीको हत्या गर्ने अर्जुनसहित उनका १५ वर्षीय भाइसमेत पक्राउ परेका छन् । भारतको गोरखपुरमा माइती भएकी शेरीले माइत जाने भनेपछि शनिबार रातिदेखि नै विवाद भएको अर्जुनले बताएका छन् । श्रीमती माइत गइरहँदा समाजले नराम्रो नजरले हेर्ने भएकाले बारम्बार नजान सम्झाएको उनले बताए । रातभरि सम्झाए पनि आइतबार बिहान कपडा लगाएर माइत जान ठिक्क परेको देखेपछि आवेशमा पत्नीको हत्या गरेको अर्जुनले बताए । सधैं आफूसँग झगडा गरेर माइत जाने गरेर श्रीमतीले परिवारका इज्जत पानीमा मिलाइदिएको बताउने अर्जुनले उनको हत्या गरेकोमा कुनै पश्चाताप नभएको बताएका छन् । आइतबार बिहान पनि माइत नजान भन्दा नमानेपछि घाँटीमा डोरी कसेर हत्या गर्ने प्रयास गरेको र त्यो सफल नभएपछि मुख थुनेर हत्या गरेको उनले बताए ।
घरभित्र हत्या गरेपछि अर्जुनले घरनजिकै आँगनमा खाडल खनेर शव पुरेका थिए । गाउँलेले शङ्का लागेर प्रहरीलाई खबर गरेपछि भाग्ने तयारीमा रहेका अर्जुनलाई पक्राउ गरिएको इन्स्पेक्टर सुरेन्द्र सिटौलाले बताए ।

No comments:

Post a Comment