जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, February 7, 2011

कोशी राजमार्गमा दोहोरो बन्द

धनकुटा(ब्लाष्ट) मानवअधिकार सञ्जालले आइतबार विज्ञप्ति जारी गरी सङ्घीय लिम्बुवान राज्य परिषद्, धनकुटाले आह्वान गरेको अनिश्चितकालीन धनकुटा बन्दको निन्दा गरेको छ ।
सञ्जालमा आबद्ध जिल्लाका १६ वटा सामाजिक संस्थाले संयुक्त विज्ञप्तिमार्पmत् शनिबारदेखि जारी बन्दले जनताको दैनिक जीवन कष्टकर बन्दै गएकोले तत्काल दुवै पक्ष वार्तामा बसेर समस्याको समाधान निकाल्न माग गरेका छन् । शनिबार माइक्रो बसमा सवार यात्रु र उनीहरूका
सामान निकाल्न नदिइ गरिएको आगजनीको विज्ञप्तिमा भत्र्सना गरिएको छ । हुसाडेक, पत्रकार महासङ्घ, आदिवासी जनजाति पत्रकार सङ्घ, गैरसरकारी संस्था महासङ्घ, पुनरावेदन बार एशोसिएसन, रिलेक, प्राध्यापक सङ्घ, इन्सेक, मानवअधिकार एलायन्सलगायत् १६ वटा संस्थाका प्रमुखले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
परिषद्ले आह्वान गरेको बन्दको क्रममा सवारी साधन चलाएको भन्दै शनिबार धनकुटा–४ देब्रेबासको स्कुलडाँडामा परिषद् कार्यकर्ताले माइक्रो बस जलाएका थिए । माइक्रो बसका यात्रुसमेत ओर्लन नपाउँदै आगजनी गर्दा यात्रुले मुस्किलले ज्यान जोगाएका थिए ।
घटनापछि दुई दिनदेखि धनकुटा सदरमुकाम तथा हिले बजारमा यातायात व्यवसायीले क्षतिपूर्ति र घटनाका दोषीलाई कारवाहीको माग राख्दै प्रदर्शन गर्दै आएका छन् । तत्काल कारवाही र क्षतिपूर्ति नभए सशक्त आन्दोलनमा ओर्लने मजदुर सङ्गठनका अध्यक्ष गणेश थापाले जानकारी दिए ।
यस क्रममा परिषद्का ६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रशासनले घटनामा संलग्नको खोजी भइरहेको र वार्ताबाट समस्याको समाधान गर्ने जनाएको छ ।
यसैबीच यातायात व्यवसायीले पनि घटनाको छानविन तथा क्षतिपूर्तिको माग गर्दै कोशी पहाडी जिल्लामा अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । परिषद् र व्यवसायीको दोहोरो बन्दले यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले घटनाको विरोधमा आइतबार दिनभर हिले बजारमा प्रदर्शन गर्नुका साथै विरोधसभा आयोजना गरेको छ । संगठनले धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम बन्दको घोषणा गरेको छ । मजदुर सङ्गठनको अगुवाईमा गरिएको बन्दप्रति ट्याक्सी व्यवसायी संघलगायत्ले पनि समर्थन जनाएका छन् ।
निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य बन्द गर्नुपर्ने माग राख्दै परिक्ष्ँद्ले समेत अनिश्चितकालीन बन्द जारी राखेको छ । परिषद्का सुनसरी सचिव भीम इधिङ्गाले आइतबार विज्ञप्ति जारी गर्दै परिषद्का कार्यकर्तालाई पक्राउ गरिएकोमा आपत्ति जनाएका छन् । उनीहरूले पक्राउ कार्यकर्तालाई निःशर्त छाड्नसमेत माग गरेका छन् ।
यसैगरी परिषद्ले आह्वान गरेको कोशी राजमार्ग बन्दको कारण आइतबार धरानबाट धनकुटा जाने सवारी साधन चलेनन् । धरान हुँदै पहाडी जिल्लाहरू धनकुटा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र खोटाङ जाने दर्जनौं संख्यामा रहेका सर्वसाधारण धरानको भानुचौकमा अलपत्र परेका थिए । शनिबारदेखि धनकुटा बन्द र आइतबारदेखि अनिश्चितकालीन कोशी राजमार्ग बन्दले धरान भएर पूर्वी पहाडी जिल्ला जाने दर्जनौं सर्वसाधारण अलपत्र परेका छन् ।

No comments:

Post a Comment