जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, February 16, 2011

केटी भगाउने मन्त्री र मरेको मान्छेको पैसा खाने राजदूतलाई कारबाही

माओवादीबाट एमाले पस्दा पोलिटब्युरो सदस्यसहित माधव नेपाल नेतृत्वमा मन्त्री पद समेत पड्काएका रवीन्द्र श्रेष्ठ (प्रभाकार प्रधानाङ्ग) झलनाथ खनाल प्रधानमन्त्री भएपछि
मन्त्री निवास पुल्चोकबाटै आफूले प्रयोग गरेको सवारीसाधनसमेत त्यहीँ छाडेर बेपत्ता भए। पछि पत्रपत्रिकामा खबर आएपछि थाहा भयो, उनी त पत्नी र छोरीलाई अलपत्र पारेर त्रिचन्द्र कलेजमा अध्ययनरत धादिङनिवासी अखिल कार्यकर्ता शुभेच्छा सिलवालसँग पो टाप ठोकेका रहेछन्। यसबाट पार्टी कै बेइज्जत भयो भन्दै एमालेको अनुशासन कमिटीले आज उनलाई पार्टी सदस्यता एवं पदीय
जिम्मेवारीबाट निलम्बन गरेकोछ।

त्यसैगरी मरेको मान्छेको क्षतिपूर्ति रकम आफ्नै खातामा राखी ‘पच’ पार्ने साउदी अरबका पूर्व राजदूत हमिद अन्सारीलाई पनि एमालेले पार्टी सदस्यताबाट निष्कासन गरेको छ। रवीन्द्र श्रेष्ठ अहिले कहाँ छन् पत्ता लागेको छैन तर अन्सारी भने अख्तियारले छानबिन गर्दागर्दै भागेर साउदी अरब पुगिसकेका छन्।
एमालेको प्रेस विज्ञप्ति
४ फागुन, २०६७
आज नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगको १३ औं बैठक आयोगका अध्यक्ष कमरेड अमृतकुमार बोहराको अध्यक्षतामा बस्यो। बैठकले विभिन्न विषयमा छलफल गरी निम्न निर्णयहरू गरेको छ।
१. गौरवमय इतिहास, सुनौलो भविष्य र आमुल क्रान्तिकारी परिवर्तनको लक्ष्य बोकेको नेकपा (एमाले) पार्टीका पोलिटब्यूरो सदस्य एवं नेपाल सरकारका निवर्तमान मन्त्री रवीन्द्र श्रेष्ठ (प्रभाकर प्रधानाङ्ग)को आचरण र क्रियाकलापका सम्बन्धमा सञ्चार माध्यममा प्रकाशित खबरप्रति अनुशासन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। निजको नैतिक आचरण एवं क्रियाकलापबाट हाम्रो पार्टीलाई गम्भीर आघात पुग्न गएको हुँदा निजलाई निजको पार्टी सदस्यता एवं पदीय जिम्मेवारीबाट समेत निलम्बन गरिएको छ। यस सम्बन्धमा अनुसन्धान गरी थप कार्वाही अघि बढाउन केन्द्रीय कमिटीलाई निर्देशन दिने निर्णय गरिएको छ।
२. नेकपा (एमाले)का तर्फबाट संविधानसभा सदस्य शिला कतिलाले माघ २० गते सम्पन्न प्रधानमन्त्रीको निर्वाचनमा गरेको ह्वीप उल्लंघनप्रति आयोगबाट प्रमुख सचेतकलाई पत्राचार भएको र त्यहाँबाट यस सम्बन्धमा प्रतिक्रिया आएपछि प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ। त्यस्तै नेकपा (एमाले)का तर्फबाट सिफारिस गरिएका साउदी अरिबयाका लागि निवर्तमान राजदूत हमिद मिया अन्सारीले मुलुक र पार्टीको प्रतिष्ठामा आँच पुग्ने आर्थिक आचरण विपरीत काम गरेकोले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरिएको छ।
३. पद्धति र अनुशासन पार्टीका जीवन हुन्। पद्धति र अनुशासन नहुँदा पार्टी जीवन रहँदैन। अहिले अनुशासन उल्लंघनका विभिन्न घटनाहरू देखापरेका छन्। जुनसुकै बाहानामा पार्टी विधान र पद्धति विपरीत हुने क्रियाकलापप्रति अनुशासन आयोग सचेत रहेकोछ। र, यस्ता गलत प्रवृत्तिलाई समयमा नै नियन्त्रण गरी पार्टीलाई संयम, मर्यादित, अनुशासित र एकताबद्ध राख्न पार्टी केन्द्रीय कमिटी लगायत सबै तहका कमिटीहरू आ–आफ्ना ठाउँमा गम्भीर रहन समेत ध्यानाकर्षण गराइएको छ।

No comments:

Post a Comment