जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, February 16, 2011

हरेक सरकारी कर्मचारीले वर्षमा एक सय ५४ दिन बिदा पाउने भएका छन्


काठमाडौं, २ फागुन
आउँदो ०६८ सालमा पनि सरकारी कर्मचारीले अत्यधिक बिदा उपभोग गर्न पाउने भएका छन् । सरकारले एक वर्षमा शनिबार ५२ र चाडपर्व तथा अन्य बिदा ४८ दिन गरी सय दिन बिदा दिने भएको छ ।
एक वर्षका तीन सय ६५ दिनमध्ये सय दिन सरकारी कार्यालय बन्द रहने भएका हुन् । सरकारी बिदाका अलावा कर्मचारीले एक वर्षको अवधिमा ३० दिन घरबिदा, १२ दिन बिरामी बिदा र १२ दिन चाडपर्व तथा भैपरी बिदा पाउने गर्छन् । यीसमेत
जोड्दा हरेक सरकारी कर्मचारीले वर्षमा एक सय ५४ दिन बिदा पाउने भएका छन् । यी बिदाको व्यवस्था निजामती सेवा ऐन र नियमावलीमा नै गरिएको छ । सरकारी बिदासम्बन्धी निर्णय भने गृह मन्त्रालयले गर्दै आएको छ ।
चालू वर्ष ०६७ मा भन्दा ०६८ सालमा कर्मचारीलाई दिइएको बिदाको दिन वृद्धि गरिएको छ । गृह मन्त्रालयले ०६८ साल १ वैशाखदेखि ०६८ साल चैत मसान्तसम्म विभिन्न चाडपर्व र शनिबार गरी सय दिन बिदा दिने निर्णय गरिएको जनाएको छ ।
गृह मन्त्रालयका अनुसार ०६८ सालमा दसैं बिदा आठ दिन,
तिहार बिदा तीन दिन, अन्य चाडपर्व बिदा १५ दिन, जन्मजयन्ती बिदा तीन दिन, दिवस बिदा आठ दिन दिइएको छ । त्यसैगरी स्थानीय बिदा तीन दिन, महिला बिदा तीन दिन, शिक्षण संस्था बिदा १ दिन र काठमाडौं उपत्यकाका लागि छुट्टै चार दिन बिदा दिइएको छ ।
मन्त्रालयले ०६८ सालमा दसैंका लागि आठ दिन बिदा दिएको छ । ११ असोजमा घटस्थापनाको दिन बिदा दिइएको छ । त्यसैगरी १६ असोजदेखि २१ असोजसम्म (फूलपातीदेखि द्वादशीसम्म) बिदा दिइएको छ भने २४ असोजमा कोजाग्रत पूणिर्माका दिन पनि बिदा दिइएको छ । ०६७ सालमा कोजाग्रत पूणिर्माका दिन बिदा दिइएको थिएन । यसपटक भने सो दिन पनि बिदा दिइएको छ ।
त्यसैगरी ९ कात्तिकदेखि ११ कात्तिकसम्म तिहार तथा म्हपूजाको बिदा दिइएको छ । त्यसैगरी नववर्ष, गौरा पर्व, किरात, राई, लिम्बूको उँभौली पर्व, जनैपूणिर्मा, इद पर्व, छठपर्व, बकर इद, उँधौली पूजा, ज्यापु दिवसमा सार्वजनिक बिदा दिइएको छ । यसैगरी इसाई धर्मावलम्बीको पर्व क्रिसमस डे,

No comments:

Post a Comment