जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, February 14, 2011

समोसाभित्र ब्राउनसुगर

फागुन भैरहवा जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा रहेका थुनुवालाई भेट्न गएका व्यक्ति एक ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनले साथीलाई लगिदिएको आलु समोसाभित्र सो ब्राउनसुगर फेला परेको थियो ।
सिद्धार्थनगर नगरपालिका-१३ निवासी २३ वषर्ीय वासुदेव गुरुङ आइतबार थुनुवालाई भेट्न जाँदा पक्राउ परेका हुन् । उनले प्रहरीले थाहा नपाउने गरी आलुको समोसाभित्र ब्राउनसुगर राखेर जिल्ला प्रहरी कार्यालयको हिरासत पुगेका थिए । साथीलाई लगेको समोसा प्रहरीले गुरुङलाई चाख्न भनेपछि उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले गत असोज २७ गते लागुऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका गुरुङ गत माघ २५ गते दुई हजार धरौटीमा रिहा भएको जानकारी दिए । रिहा भएको एक साता बित्न नपाउँदै गुरुङले हिरासतमा रहेका साथीलाई भेट गर्ने बहानामा ब्राउन सुगर ल्याएर दिन खोजेको उनले बताए ।
पक्राउ परेका गुरुङले ८८ दिन हिरासतमा बस्दा लागुऔषध सेवन गर्ने साथीसँग परिचय भएको र उनीहरूले भनेबमोजिम एक ग्राम ब्राउन सुगर ल्याइदिएको बताएका छन् । सो ब्राउन सुगर सीमावर्ती भारतको सुनौली बजारमा तीन सय रुपैयाँमा खरिद गरेको समेत उनले बताए ।

No comments:

Post a Comment