जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, February 14, 2011

युरोपभर एकै किसिमको मोबाइल चार्जर

ब्रसेल्स। युरोपका प्रायः सबैदेशमा अबदेखि सबै कम्पनीको मोबाइल फोनका लागि एउटै चार्जरको प्रयोग गर्नेगरी तयारी गरिएको समाचार छ ।
एउटै चार्जरबाट युरोपको कुनै पनि स्थानमा कुनै पनि कम्पनीको मोबाइल फोनको चार्ज गर्न सकिनेगरी त्यसखालको प्रविधिको विकास गर्ने तयारी भएको सो समाचारमा उल्लेख छ ।
युरोपेली युनियनको १४ प्रमुख मोबाइल फोन कम्पनीले यसमा सहमति जनाएका छन् । कम्पनीहरूले यसबाट ग्राहक वर्गलाई राहत प्राप्त हुने र इलेक्ट्रोनिक झन्झटलाई कम गर्नसकिने बताएका छन् ।
यस्तो समान चार्जरको यसै वर्षबाट बिक्री सुरु हुनेछ । सहमति जनाउने कम्पनीहरूमा एप्पल, एमब्लेज मोबाइल, हुआवेइ, टेक्नोलोजिज, एलजिई, मोटोरोला, एनइसी, नोकिया, क्वालकम, रि

No comments:

Post a Comment