जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, February 25, 2011

इराकमा भएको बम विष्फोटमा पाँच जनाको मृत्यु

एजेन्सी । 

इराकको राजधानी बग्दाद र दियालामा भएको छुटाछुटै बम विस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
बग्दादको उत्तर पूर्वमा रहेको दियालाको अल सादिया शहरमा इराकी सेनाको पोसाकमा आएका बन्दुकधारीहरुले एक घरमा गोली प्रहार गर्दा एकै घरका चार जनाको मृत्यु भएका हो । दियालाबाट सुरक्षाकर्मीले शंकास्पद दुईजनालाई पक्राउ
गरेको छ ।
त्यसै बाकुबामा सडकछेउमा राखिएको बम विस्फोट हुदाँ एक सर्वसाधारणको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । त्यस्तै बग्दादमा भएको अर्काे बम विस्फोटमा परी आठ जना घाइते भएका छन् ।

No comments:

Post a Comment