जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Sunday, June 19, 2011

सप्तकोसीमा पानी बढ्ने क्रम जारी

इनरुवा, अषाढ ५ - सप्तकोसी नदीमा पानीको बहाब बढने क्रम जारी छ । विगतका वर्षहरुमा भदौ महिनामा बहाब बढने कोसीमा यसवर्ष भने असारदेखी नै पानी बढ्न थालेको छ ।
आइतबार बिहान सवा ६ वजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर ८० हजार चारसय ९० क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको प्रहरी चौकी कोसी ब्यारेजले
जनाएको छ । शुक्रवार रातिदेति नदीमा पानीको बहाब बढदै गएको हो ।
शनिबार ५९ हजार क्युसेक पानीको बहाब भएकोमा आइतबार बिहानदेखि वहाब बढेको हो । पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बहाब बढदै गएको कोसी ब्यारेज स्थित नियन्त्रण कक्षले जनाएको छ । 
कोसी ब्यारेज निर्माण ताका ९ लाख क्युसेक पानी सप्लाइ गर्ने भनिए पनि नदीमा वालुवा जमेका कारण एकलाख क्युसेक पानीको बहाब हुने बितिकै ब्यारेजमा जोखिम देखिदै आएको छ ।
नदीमा जमेको वालुवा सफाइ गर्न केही महिना अघि ड्रेजर मेसिन लगाइएपनि अपेक्षा अनरुप काम हुन नसक्दा जमेको वालुवा अहिले सम्म यथावत छ ।
नदीमा वालुवा जमेकै कारण ०६५ साल भदौ २ गते थोरै पानीको बहाबमा पानीको दवाव तटबन्धमाथी बढेर सुनसरीको पश्चिम कुसहामा पुर्वी तटबन्ध भत्किएको थियो ।
०६५ भदौ २ गते कोसीको पुर्वी तटबन्ध भत्किदाको दिन एकलाख ६७ हजार क्युसेकका दरले प्रति सेकेन्डका दरले पानीको बहाब भएको थियो ।
यसैबीच कोसीमा पानीको बहाबमा भएको बृद्धीसंगै जोखिम रहेका स्थानहरुमा भइरहेको नियन्त्रणका कार्यहरु प्रभाबित भएको छ । कोसीको पुर्वी तटबन्ध अन्तरगत सुनसरीको प्रकासपुर क्षेत्रमा रहेको स्पर नम्बर २५ दसमलव ५७ देखी २६ दसमलव ४० सम्मको स्परमा भइरहेको कटान नियन्त्रणका लागि भइरहेको कार्य पानीको बहाबसंगै प्रभाबित भएको सल्गन कामदारले बताएका छन् ।
यसैबीच पश्चिमवाट बगिरहेको नदी पुर्व तर्फ मोडिएका कारण कोसी नदीको पुर्वी तटबन्ध अन्तरगत सुनसरीको प्रकासपुर क्षेत्रमा तटबन्धको नजिक पानी पुगेको नेपाली प्राविधिकहरुले बताएका छन् ।
Enhanced by Zemanta

No comments:

Post a Comment