जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, June 18, 2011

नारी

यसरी आफ्नो जिवन गुमाउन बाध्य भएकी लक्ष्मीले यस समाजको लागी उनले निक्कै अनुत्तरित प्रश्नहरु छोडेर गएकी छिन । के यस समाजमा नारीको अन्त यहि हो त ?: गीता अमात्य

मध्यमवर्गीय परिवारमा जन्मेकी लक्ष्मी सानैदेखि निक्कै होशियार थिइन । बच्चैदेखि होशियार तथा सबको भलो चाहने लक्ष्मी गाउँघरमा सबैका प्यारी थिइन । सानै उमेरदेखि सबैलाई मद्धत गर्ने उनको बानी थियो । घरमा आमा बुबाकी प्यारी लक्ष्मी गाउँघरमा जन्मेकोले सानै उमेरमा उनको विवाह भयो ।
विवाह पश्चात उनले घरमा सासू, ससुरा, लोग्ने सबैको तनमनले सेवा गर्न थालिन। घरमा कमाउने उनको श्रीमान् एक्लै भए पनि उनले आफ्नो घरलाई राम्ररी स्याहारेर राखेको थिइन । यस्ले गर्दा उनी आफ्नो परिवारमा पनि निक्कै प्यारी बुहारी भएकी थिइन । जीवनमा खुशी पाएकी लक्ष्मीको सासूको उनले बिहे गरेको वर्ष दिन नपुग्दै निधन भयो ।
यसरी सासू बितेको केही समयपछि ससुर बाले अर्को बिहे गर्न पुगे । नयाँ सासू भित्रिएको केही वर्षसम्म लक्ष्मी निक्कै खुशी थिइन । हुन पनि उनको व्यवहारलाई चित्त नबुझाउने कोही थिएन । घरको सबै काम हेर्नु , सबैको राम्ररी विचार गर्नु नै आफ्नो प्रथम कर्तव्य ठान्ने लक्ष्मी त्यस घरको लागि लक्ष्मीकै रुपमा रहेकी थिइन ।
उता आफूले बिहे गरेको केही सालपछि नयाँ सासूले छोरा पाइन । यसपछि उनीहरु कामले गर्दा अन्त बसाई सरेर बस्न थाले । त्यस ठाँउमा पनि लक्ष्मीको व्यवहारले सबै निक्कै खुसी थिए, कतिपय मानिसहरु आर्दश बुहारी भनेको त लक्ष्मी जस्तो हुनुपर्छ भनेर उदाहरण समेत दिन थाल्थे । यसरी समय बित्दै जान थाल्यो । केही वर्षपछि लक्ष्मीकी सासूको आँखा बिग्रदै गयो, यस्तो समयमा घरको सबै भार लक्ष्मीको थियो ।
लक्ष्मीकै करकापमा उनको लोग्नेले अनेकौ दुःखकस्ट गरेर सासूको आँखाको उपचार गर्न थाले । सासूको आँखा उपचार गर्दागर्दै आँखा फेर्नुपर्ने अवस्थामा पुगेको थियो । यस्तो समयमा पनि उनी नआत्तिकन यताउता ऋण काढेर सासूको आँखा फेर्न लगाइन । यसले गर्दा उनीहरुमा ठूलो आर्थिक संकट आइलाग्यो ।
तर पनि उनले कुनै दुःख नमानी आफ्नो कर्तव्यपथमा सधै अगाडि बढिरहेकी थिइन। उनलाई आफ्नो भित्री मनमा दुःख थियो त केवल आफ्नो आँगन खाली भएकोमा । तर उनले आफ्नो दुःख कसैलाई प्रकट गरेकी थिइनन् । आफ्नो घरलाई नै आफ्नो खुशी मानी उनले आफ्नो जिन्दगी बिताइ रहेकी थिइन ।
यसरी हाँसीखुसी लक्ष्मीको दिन बित्दै गइरहेको थियो । उनीहरुको घरमा कहिल्यै झैझगडा हुदैनग्यो । यसले गर्दा उनको घर परिवारलाई चिन्ने कसैले पनि लक्ष्मीको सौतेनी सासू हुन भन्ने थाहासम्म पनि पाएको थिएन । उनको व्यवहारले त्यो घरमा जस्तै दुःख भए पनि त्यसको कसैलाई भान सम्म हुन दिएको थिएन । तर यस समाजको परम्पराले गर्दा बिस्तारै लक्ष्मीको जिन्दगीमा कालो बादल छाउन थाल्यो ।
उनको देवर जति हुर्कदै गए उनी आफ्नो सासूबाट विस्तारै टाढिदै गइन । सासूको व्यवहारमा भएको परिवर्तन लाई उनले खासै ध्यान दिएकी थिइनन । उनी सधै आफ्नो कर्तव्य पथमा अगाडि बढ्दै गइरहेकी थिइन । जतिजति देवर हुर्कदै गए, त्यतित्यति सासूको उनी र उनको लोग्ने प्रतिको व्यवहारमा परिवर्तन हुदै गयो । अब लक्ष्मीले विस्तारै विस्तारै त्यस घरमा मानसिक वेदना भोग्न थाल्नु पर्यो । आफूले त्यस्तरी सम्हालेर राखेको घरबाटनै लक्ष्मीलाई हेला हुन थाल्यो ।
देवर ठूलो भएर बिहे हुने भएपछि लक्ष्मीले आफन् दुःख सुःखको साथी पाउने आशा गर्न थाली । तर जब त्यस घरमा कान्छी बुहारीको प्रवेश भयो त्यस दिनदेखि उनको जिन्दगीमा झन झन दुःख बढ्न थाल्यो । राम्रा कामहरुमा समेत अनेकौ व्यगंवाणहरु सहन बाध्य भइन लक्ष्मी ।
उता उनको श्रीमान् सासू ससुरोको डरले पनि लक्ष्मीलाई पूर्ण साथ दिन सकेका थिएनन् । समय चक्रले बवस्तारै लक्ष्मीलाई एकोहरो बनाउदै लग्यो । जुन घरलाई स्वर्ग बनाउन लक्ष्मी सधै अगाडि बढ्ने गरेको थियो, त्यही घरमा उनको दुर्गती हुन थाल्यो । तर पनि उनलाई त्यस्मा कुनै पश्चाताप थिएन । उनले सकेसम्म आफैलाई समयको गतिमा बाँधी राखिन । तर त्यस घर परिवारको तर्फबाट उनी प्रतिको निष्ठुरीपन घट्नुको सट्टा दिनप्रतिदिन बढ्न थाल्यो । यस्तो प्रतिदिन उनीमा मात्र सीमित नभई उनको माइतीपट्टी पनि विस्तारै पुग्न थाल्यो । आफूलाई परेसम्म सहेर बसेकी लक्ष्मीलाई आफ्नो माइतीलाई त्यस घरबाट भएको दुव्र्यवहारले निक्कै दुःखी तुल्याएको थियो । यसले गर्दा लक्ष्मीमा रहेको सहनशीलता विस्तारै घट्दै गयो ।
यसरी एक आदर्श बुहारीको रुपमा रहेकी लक्ष्मीलाई यस समाजले शात्न संग जिवनयापन गर्ने मौका सम्म पनि दिएन । उनको जीबनमा ठुलो आाधी व्यहोरीहरु आउन थाले । यसले गर्दा लक्ष्मीमा पनि केहि परिवर्तनहरु आउन थाले । जीवनका सारा दुःख कष्टलाई बिर्सन उनले पिउन थालिन । यस बाट उनको दुःख घटुनुको सट्टा बढ्लै जान थाल्यो । उनी बिपनामा पनि बर्बराउन थाली हे भगवान मलाई कुन जनमको सजाय दिदैछौ ? मेरो कोख बाझो राखेर तिमीले के पायौ ? यसबाट उनलाई आफ्नो श्रीमान समेत टाढिदै गएको महसुस हुन थाल्यो । हुन पनि घरको बिसम परिस्थितिले गर्दा उनको श्रीमानले समेत उनलाई पुर्ण साथ दिन सकेको थिएन।
आफुले गरेका हरेक राम्राकामहरुमा समेत उनी रात दिन प्रतादित हुन पुगिन लक्ष्मी । यस्तो अवस्थाले गर्दा सबैकै प्यारी लक्ष्मी आफ्नो जिन्दगी देखी बिस्तारै टाढा हुदै गईन । उनमा रहेको सहनसिलता बिस्तारै टुट्दै जान थाल्यो । कति दुःख गरेर सम्हालेर राखेको घरमा उनले यस्तो कष्ट भोग्नु पर्ला भनेर उनले सपनामा पनि सोचेकी थिईनन । तर समयको निष्ठुरिपनाले उनको जिवनलाई नर्क तुल्य बनाउन थाल्यो । यस्ले गर्दा उनको धैर्यताको सिमालाई पनि पुर्ण बिराम लगायो, आफुमा चिढचिढाहत आउन थाल्यो । बिस्तारै उनलाई आफनो जिन्दगी समेत बोझ महसुस हुन थाल्यो । यस्तो परिस्थितीमा उनी सोच्न बिवश भईन कि अब उनी कसको लागी बाच्ने ?

एक दिन लक्ष्मीको घर अगाडि बिहानै ठुलो भिडको जमघट शुरु भयो । उनले आफनो जिवनको कुनै महत्व बाकी रहेको देखेन, आफ्नो सहनसिलताले पनि साथ दिन छोडेको लक्ष्मीको लागी एउटै बाटो बाकी रहेको थियो, उनले त्यहिबाटो अपनाईन । जुन समाजमा उनको ठुलो कदर थियो त्यहि समाजको लागी प्रश्न बनाई लक्ष्मीले आत्महत्या गरिन ।
यसरी आफ्नो जिवन गुमाउन बाध्य भएकी लक्ष्मीले यस समाजको लागी उनले निक्कै अनुत्तरित प्रश्नहरु छोडेर गएकी छिन । के यस समाजमा नारीको अन्त यहि हो त ? अहिलेको प्रगतिशिल भनाउदो समाज भित्र रहेको सौतेनीपनाको अन्त कस्ले गर्ने ? नारी अधिकारको कुरा गर्नेहरुले यस समाजमा नारीले भोग्नु परेका बिषम परिस्थितिको मुल्याकंण कस्ले गर्ने ? यस्ता कैयन प्रश्नहरुलाई छाडेर एक आदर्श नारीको अन्त हुन पुगेको त्यस अवस्थालाई बुझ्ने सबैको आखा त्यसबेला आसुले भरेको थियो । हुन पनि यस रुढीबाढी समाजमा नारीले जतिसुकै त्याग तपस्या गरपनि उनीहरुको कुनै महत्व रहेको देखीएन । बास्तवमा भन्ने हो भने समाजमा हेपिएर रहेका नारीहरुकोलागी नारीनै प्रमुख सत्रुको रुपमा रहेको देखिन्छ । जतिपनि प्रगतिशिल बिचारधारा भएको घरमा पनि नारीको लागी नारी नै टगारोको रुपमा रहेको हुन्छ ।

तसर्थ हाम्रो समाजमा नारीको कदर हरेक घरबाटनै शुरु भएमा मात्र समाजमा नारीको स्थान राम्रो हुने थियो । यसबाट उनीहरुको मनोबल समेत बढरने भएकोले हामीले आ आफ्नो घरबाट नै नारीको कदर गर्ने शुरुवात गर्न थालौ । इति ।

No comments:

Post a Comment