जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, June 18, 2011

बेचिएका नेपाली चेलीको कारुणीक कथा सीएनएनमा

भारतबाट फर्कार्इएका चेलीहरूलार्इ घरपरिवारबाट स्विकारर्ने गरेको छ छैन भनेर बुझ्दा यस्ता चेलीहरू समाजबाट मात्र नभर्इ घर परिवारबाट समेत बहिष्कृत भएको निर्क्योल समेत निकालिन

बेचिएका नेपाली चेलीहरुको कथामा आधारित हलिउडकी चर्चित अभिनेत्री डेमी मुरले निर्माण गरेको एउटा उतकृष्ट बृत्तचित्र प्रदर्शनका लागि तयार भएको छ। सीएनएन टेलिभिजनको सहयोगबाट नेपालका चोरिएका बच्चाहरुको बिषयमा तयार गरिएको उक्त बृत्तचित्रको नाम नेपाल्स स्टोलन चिल्ड्रेन राखिएको छ। बिश्व प्रसिध्द टेलिभिजन सीएनएनले आइतवार, जुन २६ का दिन यस बृत्तचित्रको प्रदर्शन गर्ने भएको छ ।
यस बृत्तचित्र निर्माणका समय वास्तविकतालार्इ नजिकबाट नियाल्न हलिउडकी सुपरस्टार डेमी मुर आफै नेपाल आएकी थिर्इन। उनले आफ्नो नेपाल भ्रमणको अवसरमा मानव तस्करीका शिकार भएका चेलीहरुबारे समेत अध्ययन गरेकी थिर्इन। यसका लागि उनले नेपालमा सीएनएन हिरो अनुराधा कोइरालालाई पनि भेटेकी थिइन् ।
यस अलावा अभिनेत्री मुरले माइती नेपालले उद्दार गरेका चेलीहरुलाई प्रतक्ष्य रूपमा भेटेर उनीहरूका बारेमा बिस्तृत जानकारी लिएकी थिर्इन। नेपाली चेलीहरु कसरी बेचिन्छन् र कसरी उद्धार गरिन्छन् भन्ने बारेमा उनले लिएको जानकारीलार्इ शसक्त ढंगले बृत्तचित्रमा देखार्इएको छ। यती मात्र नभर्इ मुरले आधुनिक युगमा घट्ने गरेको यस्ता बिकृतीहरूको अन्त्य कसरी गर्न सकिन्छ भन्ने बारेमा उक्त बृत्तचित्र मार्फत जवाफ खोज्ने प्रयास भएको छ।
आइतवार जुन २६ तारिखका दिन एकघण्टा लामो उक्त बृत्तचित्र बिश्वभर प्रदर्शन हुनेछ। यस अलावा उक्त बृत्तचित्रको निर्माणका क्रममा मुरले बेश्याबृत्तिका लागि भारतमा बेचिएकी ११ वर्षकी कलिला बच्चीलाई समेत भेटेकी थिइन् । यती मात्र नभर्इ उनले बृत्तचित्रका लागि भारतमा बेचिएका चेलीहरूको वास्तविकता बुझ्न उनीहरूको घर सम्म पुगेकी थिर्इन। उनीहरूको घरमा पुगेर उनले भारतबाट फर्कार्इएका चेलीहरूलार्इ घरपरिवारबाट स्विकारर्ने गरेको छ छैन भनेर बुझ्दा यस्ता चेलीहरू समाजबाट मात्र नभर्इ घर परिवारबाट समेत बहिष्कृत भएको निर्क्योल समेत निकालेकी थिर्इन।

No comments:

Post a Comment