जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Sunday, June 5, 2011

प्रशान्तका दुई फिल्म जुध्ने

काठमाडौं, जेठ २२ (नागरिक)- 'गोर्खा पल्टन'बाट हिरो बनेका 'इन्डियन आइडल' प्रशान्त तामाङका नयाँ दुई फिल्म एकैचोटी राजधानीका हलमा रिलिज हुने भएको छ। उनले अभिनय गरेको 'अँगालो यो मायाको' र 'किन मायामा' असारको दोस्रो हप्ता रिलिज गर्ने तयारी गरिएको छ। 
'अँगालो यो मायाको'लाई डिजिटल सिनेमा नेपाल (डिसिएन)ले देशभरका हलमा रिलिज गर्न लागेको हो। फिल्म नियतबसले नभई संयोगले जुध्न पुगेको यसका निर्देशक विनोद सेरेङले बताए।
'निर्माता र वितरक मिलेर गरेको निर्णय हो।
मैले त एउटै हिरो, व्यापारमा असर गर्छ कि भनेकै हुँ,' असार १० मा फिल्म चल्ने निश्चित भएकोले पछि हट्न नसक्ने उनले जानकारी दिए। यो फिल्म भारतका दार्जिलिङ, सिक्किम, सिलिगुडीलगायत सहरहरूमा रिलिज भइसकेको छ।
'किन मायामा'लाई सुनील मानन्धर र मनोज राठी मिलेर रिलिज गर्न लागेका हुन्। समिर प्रधानको प्रस्तुति र चुन्नीलाल घिमिरेको निर्देशनमा बनेको फिल्मको पहिला नै रिलिज टुंगो लगाइसकेकोले सार्न नमिल्ने भनाइ छ वितरक मानन्धरको। 'हामीले आफ्नो हिसाबले तयारी गर्‍यौं। जुध्ने कुरा भर्खरै थाहा भयो,' मानन्धरले भने।
तीन महिनाअघि नै वितरण तालिका बन्ने हुँदा अहिले समय हेरफेर गर्न नसक्ने पक्षमा छन् डिसिएनका अशोक शर्मा। 'हामीलाई कसले कुन फिल्म कहिले चलाउँदैछ भन्ने थाहा पनि हुँदैन र मतलब गर्ने कुरा पनि भएन,' फिल्म 'अँगालो यो मायाको'को रिलिज मिति असार १० को हराहारीमा हुने अनुमान गरिए पनि निश्चित नभएको उनले जानकारी दिए।
'अघिल्लो फिल्मको होल्डओभर कस्तो हुन्छ त्यसमा भर पर्छ। १० गतेको सट्टा १७ पनि हुनसक्छ,' एउटै कालकारले खेलेको फिल्म रिलिज हुँदैमा व्यापार घट्ने कुरा उनी मान्दैनन्। उनको तर्क छ, 'राजेश हमाल, बिराज भट्ट जस्ता कलाकारको फिल्म सधैं जुध्छ। तर, जुन राम्रो छ त्यो चल्छ,' उनले भने।
'अँगालो यो मायाको'मा प्रशान्तसँग हर्षिका श्रेष्ठले खेलेकी छिन् भने 'किन मायामा'मा सुमिना घिमिरेलेसाथ दिएकी छिन्। दुवै फिल्म प्रेमकथामा आधारित 'फेमिली ड्रामा' बताइएको छ। दुवै फिल्मका निर्माता सिक्किमका हुन्।

No comments:

Post a Comment