जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, June 29, 2011

आइफोन ४ का लागि कौमार्य समेत सुम्पन तयार

चीनका युवाहरूमा महंगो सामानहरू कीन्ने लत अति बिकृत रूपमा फैलिन थालेको छ। यसले हाल चीनमा बिमारीको रूप लिर्इसकेको छ। बिज़न्यूज़ चाइनाका अनुसार हालै जुलिंगझाऊ नामकी एक केटीले एक चाइनीज ट्विटर मार्फत शनसनीपूर्ण ट्वीट गरेकी छिन्। उनले उनको साथ एक आइफोन ४ को सपना देखेकी छिन्। उनको बुवाले उनलार्इ यस फोन किनी दिन अस्विकार
गरेपछी उनले यसका लागि आफ्नो कौमार्य समेत सुम्पन तयार रहेको कूरा ट्विटर मार्फत सर्वसाधारण समक्ष पेश गरेकी छिन्। उनका अनुसार उनलार्इ कसैले आइफोन ४ किनी दिएमा उनी त्यस व्यक्तीसंग सुत्न तयार रहेको लेखेकी छिन्।
ट्विटरमा उक्त केटीले यसका लागि आफ्नो फोटो सहितको प्रोफाइल समेत राखेकी छिन्। उनको यस्तो ट्विटलार्इ पढेर कैयन मानिसहरूले उनलार्इ गाली समेत गरेतापनि उनी आइफोन ४ का लागि आफ्नो वर्जिनिटी गुमाउन तयार नै रहेकी छिन्। यस भन्दा अगाडी चीनमा एउटा केटाले आइपैडका लागि इंटरनेट मार्फत आफ्नो किडनी बेचेका थिए। यस्ता घट्नाहरूले समाजमा फैलाउने गरेको बिकृतीहरूबाट मनोबैज्ञानिकहरू अच्चामित हुन थालेका छन्।

No comments:

Post a Comment