जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, July 16, 2011

प्रेमले दिन्छ जिउने इच्छा

ट मायाको अनुभूति हुन्छ भने उसको शरीरमा यस प्रकारको रसायनिक परिवर्तन हुन्छ, जसले गर्दा रोगसँग लड्ने क्षमता वृद्घ िहुन जान्छ ।अनुसन्धानकर्ताहरूले एउटा अनुसन्धानमा प्रेम र भावनात्मक सुरक्षा बढी मिल्ने व्यक्तिको धमनीमा प्रेम र आत्मीयताबाट वञ्चित व्यक्तिको दाँजोमा अवरोध कम हुने औंल्याएको हो ।
तर, पेकिङ विश्वविद्यालयका मनोविज्ञान विभागका प्राध्यापक माओ लिहुआ भन्छन्, 'जसलाई हामी प्रेम मान्छौं त्यो हाम्रो  मस्तिष्कको अनुभवबाहेक केही होइन । कसैप्रति आकषिर्त हुँदा जब तन्त्रिका तन्त्रका माध्यमले फेरोमोन्स मस्तिष्कमा पुगेर पिटुटरी ग्ल्यान्डबाट निस्किने हार्मोनको मात्रा बढाउँछ, तब मुटुको चाल बढ्नुको साथै श्वासको गतिसमेत बढ्छ । शरीरमा रगतको सञ्चार तीव्र गतिले हुनुका साथै हत्केलामा पसिना आउँछ  र तिर्खासमेत लाग्छ ।'

No comments:

Post a Comment