जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, July 4, 2011

अनुजा स्क्यान्डल : सेलिब्रेटीदेखी सर्वसाधारणसम्म

जम्मा ९१ लाख त्यसमा पनि हिराको हार फेला पार्ने त्यो व्यक्तिले खोजविन गरिकन सम्बन्धित सम्पत्तिवाला यानकि जसको सामान र पैसा हराएको थियो, उसलाई सुटुक्क बुझायो भनेको सुन्दा सायदै कसैले पत्याउला । तर, भोजपूर झुल्के घरभई हाल धरानमा दाजुकोमा ( बडाबाका छोरा ) बस्दै आएकि अनुजा बानियाले ९१ लाख र हिराको हार फेला पारेपछि सम्वन्धित व्याक्तिलाई विना रकम विना वक्सीस बुझाएको र उल्टै पैसा हराउने व्यक्तिलाई चियापान गराएर पठाएको समाचारले नेपालका सम्पूर्ण साना ठूला व्यानरका पत्रपत्रिका सञ्चारमाध्यममा व्यापक स्थान पायो ।

२२ वर्षिया युवती अनुजा वानियाले स्वच्छ छवि देखाएर ठूलठूला राजनैतिक घुस्याहाहरु, भष्ट्रचारीहरु अनि धनमा शिवजीको त्रिनेत्र भन्नेहरुलाई मात खुवााउदै समाजमा उदाहरणीय कार्य भन्दै व्यापक प्रशंसा गरियो । अनुजाले उदाहरणीय कार्य गरिन भन्दै चिया पसलदेखी शीतलनिवाससम्म गफगर्ने विषय बन्यो । कतिसम्म भने आफूले सामान बुझाएको समाचार प्रकाशित भएपछि अनुजालाई शितल निवासबाटै राष्ट्रपति रामवरण यादवसमेतले सोझै टेलिफोन सम्पर्क गर्देै बधाई दिएका थिए भने अनुजा यौटा सर्वसाधारण युवती भन्दा पृथक यानिकि चर्चित सेलिब्रेटिझै विगत एक दुई दिन पत्रकार अनि सञ्चारकर्मीसाग अन्तरर्वाता दिदादिदै व्यस्त हुन थालिसकेकी थिइन । एक कान दुईकान मैदान हुदै अनुजा दिनप्रतिदिन चर्चाको शिखरमा रहिन ।

जवजव पत्रकारहरुले अनुजाले रकम फिर्ता गरेका भनिएका काठमाडौ शितापाइला निवासी पुरुषोत्तम पौडेल, अनुजाका भनाइहरु उनको पत्रिकामा छापिएका समाचार र उनको तस्विरका अतिरिक्त घटनाबारेमा गम्भीर अध्ययन र अनुसन्धान गर्न थाले । समाचारले क्रमश: अर्कै मोड लिन थाल्यो । हुदाहुदा के पनि पत्ता लाग्यो भने अनुजाले पुरुषोत्तमको भनाई आधार गरेअनुसार इटहरीको आइएमइ बाट ९१ लाख रकम निकालिएको भनिएकोमा त्यत्रो परिणामको रकम त्यो दिनमा निकासाा नभएको र भएको भएपनि त्यत्रो मोटो रकम एकै दिनमा निकासा हुन नसक्ने कुरा प्रकाशमा आयो । आफूले तीन चार पल्टसम्म सम्पर्क गरेका व्यक्ति (पुरुषेत्तम पौडेल ) को नम्बर आफूसाग नभएको अनुजाको वयान पुरुषेत्तमम पौडल भन्ने व्यक्ति शितापाइलामा नभएको पछिल्लो जानकारीमा आयो ।
यसबारेमा पत्रपत्रिका, रेडियो, टेलिभिजन, इन्टरनेट अनलाइन तथा सम्पूर्ण सञ्चारमाध्यममा समाचार र बहस छाउन थाल्यो । अन्तत: सञ्चारमाध्यममा उच्चस्थान जनमानसबाट असिम आभार र राष्ट्रपति स्वयंबाटै बधाइ पाएकी अनुजाको वास्तविक नौटंकी पर्दाफास भयो र पत्ता लाग्यो कि यो उनको सत्य घटना नभै कपोकल्पित कहानी बनाएकी रहिछ । राष्ट्रकै चर्चित दैनिक पत्रिकादेखि पछिल्लो क्रममा क्लिकधरान डटकम मा आएको समाचारमा उद्धत गरिएको अनुजाका दाजु कुमार बानिया अनुजाकी सहकर्मीको भनाई तथा अनुजाले छरछिमेक, विश्वस्तसुत्रकी कार्यकारी सम्पादक आदिको कुराले अनुजाले काठमाडौका गोपाल घिमिरेसाग मायाप्रेममा धोका पाएपछि प्रेमिलाई आकर्षित गर्नेैकालागि यत्रो स्क्यान्डल रचेको छर्लङ्ग भएको छ । सत्यकुरा पर्दाफास भएपछि पहिलो पटक ब्रेकिंग समाचार गर्ने नेपालकै नम्बर वान कहलिएको दैनिक पत्रिकाले सोमबार क्षमायचना समेत मागी सकेकोछ ।
आफूलाई कुनै अचम्मको काम गर्ने गरेको भनेर वा अपत्यादिलो साहासिक अथवा समाचार योग्य काम गर्दै चर्चाकै लागि विभिन्न स्क्यान्डलहरु रच्ने काम पछिल्लो क्रममा विश्वमञ्चमा व्यापक बढ्दो क्रममा छ । आफ्नो नाम चलाउन समाचार मा छटाउन यस्ता स्क्यान्डलहरु बनाउन हलिउड सेलिब्रेटिहरु माहिर छन् । कहिले सम्वन्धिविच्छेद गर्दे, कहिले पुन्यदानमा यत्तिउत्ति पैसा बाडेको भन्दै अनि कहिले विभिन्न यौन काण्ड मिडियामा सार्वजनिक गर्दै स्क्यान्डलमार्फत चर्चित हुन हलिउड परम्परा वलिउड, कलिउड मात्र हैन नेपाली सर्वसाधारणसम्मै आएको उदाहणका रुपमा हामी अनुजा बानियालाई लिन सक्छौ ।
एकजना अमेरिकी राष्ट्रपतिका हत्यारालाई वयानका क्रममा राष्ट्रपति मार्ने कारणबारे सोध्दा उसले अरुकोहीबाट नाम र चर्चा पाउन नसकेकोले राष्ट्रपतिलाई हत्यागर्देै चर्चा हुने बाटो रोजेको कुरा अझैपनि धेरैलाई जानकारीमा छ । त्यस्तै पछिल्लो पटक विश्वकप क्रिकेट चलिरहादा भारतीय सामान्य मोडल पुनम पाण्डेले भारतले जितेमा नांिगने अभिव्यक्ति दिएकी थिइन् ।
विश्वकप भारतले जितेपछि उनी भूमिगत नै हुनुर्यो । यहाा उनले नांगीने पर्ने कुरालाई यो पंक्तिकारले जोड दिएको हैन, मात्र स्क्यान्डल प्रथालाई उदाहरणमा मात्र पस्किएको हो । यस्तै नेपालमै पनि नेपालका सदावहार सुपरस्टार भनिने भुवन केसी पनि आफु चर्चामा आउन कहिले पत्नीसाग सम्बन्ध विच्छेद गर्देै, कहिले पार्टी राजनीतिमा प्रवेश गर्ने त हालसालै आफ्नी नयाा प्रेमीका एक कार्यक्रमका बीच सञ्चारकर्मीसामु सार्वजनिक हुदै विभिन्न स्क्यान्डलहरु जन्माउन माहिर छन् ।
यस्ता स्क्यान्डलबाट आफ्नो नामका साथै आफूले गर्देै गरेको कामको प्रचारका लागि गरिएको धेरैको ठम्याइ छ । स्क्यान्डललाई रंग फिल्मी अनि सर्वसाधारणमा त अहिले पछिल्लो समयमा व्यापक प्रयोग गरिन्छ । राजनीतिमा पनि यस्ता स्क्यान्डलहरु हामी देख्न पाउछौ । संगठनको नाम चिनाउन विभिन्न ठाउमा वम विस्फोट गराउने, चन्दा आतंक मच्चाउने, वन्द हड्ताल गर्ने, हत्या, लुटपाट, अपहरण, आदि गर्ने राजनैतिक स्क्यान्डलका उदाहरणहरु हुन् । एक कोणबाट हेर्ने हो भने त जमानेै स्क्यान्डलमय बन्दै गइरहेको छ ।
चाहे कलाकर्मी चाहे सर्वसाधारण चाहे विभिन्न संगठनहरु हुन उनीहरुको
स्क्यान्डल मुलत: राष्ट्रका पत्रपत्रिका र सञ्चारमाध्यमकै कारणले गर्दा चर्चाको चुलीमा पुग्दछन् । कुकुरले मान्छे टोक्दा समाचार बन्दैन त मान्छेले कुकुर टोक्यो भने समाचार बन्छ भन्ने आदर्शकै पृष्ठभूमिमा यस्ता तालबेतालका स्क्यान्डलहरुले ठूलो ठाउ पाउदछन् सञ्चारमाध्यमहरुमा । हुन त पत्रकारितालाई हतारको साहित्य पनि भनिन्छ तर हतारकै भएपनि ठोस प्रमाण व्यापक खोजी र समाचार स्रोतको उपलब्धता अनि त्यसको गहिराइमा पुगरेमात्र समाचार सम्प्रेसण गर्नेै हो भने सायद यस्ता स्क्यान्डले मौलाउने मौका नपाउन प्रति सक्छन भने समाचारको विश्वसनियता र आधारभूत पत्रकारिताको मर्म र भावनामा पनि प्रश्न चिन्ह उठाउने मौका कसैलाई आउदैनथ्यो ।

No comments:

Post a Comment