जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, August 26, 2011

श्रीमती भन्दै होटलमा ल्याएकी युवतीको हत्या

दिलबहादुर छत्याल, धनगढी, भदौ ८- पूर्व पश्चिम राजमार्गमा रहेको कैलालीको मसुरियास्थित कन्काई होटलमा बुधवार राति बास बसेका एक युवकले साथमा ल्याएकी युवतीको हत्या गरेका छन्। आफ्नी श्रीमती भनेर साथमा ल्याएकी ती युवतीको हत्या गरेर युवक बिहीबार बिहानै होटलबाट फरार भएका छन्।
युवक र युवतीको
नाम र ठेगाना होटल संचालकले नलेखेकाले उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। काठमाडौँबाट महेन्द्रनगर जान आएको र थाकेकोले बास बस्न लागेको भनेर उनीहरुले बताएको होटल संचालक अर्जुन लुइँटेलले बताए।
घाँटीमा डोरीले कसेर हत्या गरिएकी युवतीको लास कोठाको र्‍याकमा राखेको पाइएको प्रहरीले बताएको छ।
कैलालीका प्रहरी उपरिक्षक बसन्त पन्तले युवतीको घाँटीमा डोरीले वाँधिएको र शरीरभरी रगतले लत्पतिएको अवस्थामा युवतीको लास फेला परेको बताए।
निर्वस्त्र लाशलाई र्‍याकमा राखेर सिरकले बाहिरवाट नेदेख्ने गरी राखिएको थियो। युवतीको सनाखत हुन सकेको छैन। कन्काई होटलको कोठा नं २ मा उनीहरु बसेका थिए। मोटरसाइकलमा आएका उनीहरुले बुधवार साँझ श्रीमान् र श्रीमती जस्तै एकआपसमा ब्यवहार पनि गरिराखेको होटल संचालक लुइँटेलले बताए।
बिहानै उठेर युवकले बिलको रकम बुझाएर जान खोज्दा शंका लागेर होटल संचालक लुइँटेलले श्रीमती खै भनेर सोधेका थिए।

जवाफमा युवकले पानी परिरहेको र रेनकोट नभएकाले श्रीमतीलाई बसमा अत्तरियासम्म पठाएको बताएको होटल संचालक लुइँटेलले बताए।
' होटलबाट निस्केर युवती बसमा चढेको नदेखेकोले शंका लागेर कोठा नं २ मा गएर हेर्दा लास देखियो,' उनले भने।
कोठाबाट बाहिर आउन्जेल युवक मोटरसाइकलमा फरार भइसकेको उनले बताए। खाना पकाइराखेकोले युवक र युवतीको नाम लेख्न छुटेको उनको भनाई थियो।
हत्या गर्ने योजना बनाएर नै युवकले युवतीलाई ल्याएको हुन सक्ने कैलालीका उपरीक्षक पन्तले बताए।

No comments:

Post a Comment