जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, September 20, 2011

पूर्वप्रेमी भन्दै वर्षमा ६५ हजार कल

प्रेमीप्रेमिकाले एक आपसमा माया साट्नको दिनमा ४-५ पटक फोन गर्नु सामान्य हो । तर लभ छुटेपछि भने फोनको त कुरै छाडौँ भेटहुँदा पनि नबोली हिड्ने चलन हुन्छ कसैको । कहिलेकाहीँ दुखेसो पोख्न वा औपचारिकता पूरा गर्न पूर्व प्रेमी प्रेमिकालाई कल गर्नुलाई अनौठो मान्नु हुँदैन । रकतिपयले आफुलाई धोका
दिएको भन्दै आफ्नो प्रेमी प्रेमिकालाई फोन गरेर दुख दिने वा धम्की दिने समेत गर्ने गरेका घटना सार्वजनिक हुने गर्छन् । तर नेदरल्याण्डकी एक महिलाले भने अनौठो व्यवहार देखाएकी छिन् । आफ्नो पूर्व प्रेमीको यादमा पागल बनेकी ती महिलाले पूर्व प्रेमीलाई एक वर्षमै ६५ हजार पटक फोन गरेकी छिन् ।
कल्कलाउँदो बैशकी युवतीले यतिधेरै फोन गरेको भए पनि सामान्य मान्न सकिन्थ्यो । तर ४२ वर्षकी ती महिलाले आफ्नो पूर्व प्रेमी भन्दै एक ६२ वर्षको पुरुषलाई यतिधेरै फोन गर्ने गरेकी हुन् । समाचार अनुसार ती महिलाले घण्टामा औषत ७ पटक र दिनमा १ सय ७८ पटक फोन गर्थिन् ।
यसरी एउटी महिलाले फोन गरेर हैरान पारेपछि ती पुरुषले प्रहरीमा उजुरी गरे । प्रहरीले पीडितको उजुरी बमोजिम ती महिलालाई गिरफ्तार गर्यो र उनको घरबाट मोबाइल फोन र कम्प्युटर समेत बरामद गर्यो । प्रहरीले ती महिलालाई अब पूर्व प्रेमी भनिएका पुरुषलाई फोन नगर्न पनि आदेश दियो । तर उनले प्रहरी आदेशको उल्लंघन गर्दै केही घण्टापछि नै फोन गर्न सुरु गरिहालिन् ।
प्रहरीसमक्ष ती महिलाले आफुहरुबीच यसअघि प्रेम सम्बन्ध रहेको दाबी गर्दै आफुले पूर्व प्रेमीलाई गरेको फोन धेरै नभएको दाबी गरेकी छिन् । पुरुषले भने ती महिला सँग आफ्नो कहिल्यैपनि सारिरिक र भावनात्मक सम्बन्ध नरहेको र आफुले उनलाई नचिन्ने बताए । प्रहरीले नसकेपछि त्यो मुद्धा अदालतसम्म पुगेको छ । बिचरा ती पुरुषले अब कस्तो न्याय पाउलान् ?

No comments:

Post a Comment