जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, September 26, 2011

दुई छोरासहित आमा झुण्डिएको अवस्थामा

इटहरी,९ असोज/ सुनसरी भोक्राहाका एकै परिवारका दुई बालकसहित तीन जनाको आज बिहान झुण्डिएको अवस्थामा शव फेला परेको छ। घटना रहस्यमय भएकाले प्रहरीले छानबिन थालेको छ। भोक्राहा-१ का सदानन्द मेहताको दुई छोरा र श्रीमतीको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार सदानन्दका अढाई वर्षीय
छोरा सूर्यनारायण, पाँच वर्षीय सन्जीव र २५ वर्षीया श्रीमती सीतादेवी मेहताको शव फेला परेको हो। डिएसपी यमुना रजकले कसैले हत्या गरेको वा आफै झुण्डिएको खुल्न नसकेकाले अनुसन्धान भइरहेको छ।

No comments:

Post a Comment