जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, September 24, 2011

१८ यात्रुको शव विमानस्थलमा (यात्रुहरुको नामसहित)

सुशील भट्टराई, काठमाडौँ, असोज ८- त्रिभुवन विमानस्थलबाट  माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा जहाज उपत्यका प्रवेश गर्ने क्रममा ललितपुरको विशङ्खुनारायण गाविस र लामाटार गाविसबीचको सीमा कोटडाँडामा आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु  भएको छ। दुर्घटनास्थलबाट ३६ वर्षीय निराजन कर्माचार्यको जीवितै उद्धार गरिएको थियो तर उनको पनि मृत्यु भएको छ।   बीएन्डबी अस्पतालका चिकित्सकले उनलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको बताएका छन्।

दुर्घटनास्थल गोदावरी पार्क जाने बाटोबाट २ किलोमिटर पूर्व र
विशङ्खुनारायण मन्दिरबाट एक किलोमिटर उत्तरपूर्वमा पर्छ। विमानमा चालक दलका ३ सदस्य र १६ यात्रु थिए। अधिकांश यात्रुको बुकिङ लोसार ट्राभल्सबाट गरिएको थियो। विमानस्थल स्रोतका अनुसार जहाजमा १० यात्रु भारतको तमिलनाडु निवासी र ३ युरोपेली देशका थिए। ३ जना नेपाली यात्रु थिए भने तीन जना चालक दलका सदस्य थिए।

ललितपुरका एसपी भोगबहादुर थापाका अनुसार दुर्घटनास्थलमा १८ जनाको शव बरामद गरिएको छ। सेनाको हेलिकप्टरबाट सबै शव विमानस्थलमा पुर्‍याइसकिएको छ।

जहाजमा रहेका अन्य दुई नेपाली यात्रुमा  शारदा कर्मचार्य र जगजन कर्माचार्य रहेको बुद्ध एअरले जनाएको छ। त्यसैगरी भारतीय यात्रुहरुमा पंकज मेहता, छाया मेहता, एच डी नागराज, एल नागराज, आई नागराज, एस नागराज,  डी. तालोसुब्रिसम, डीपी तालोसुब्रिसम, नागराजा  तालोसुब्रिसम र  पी तालोसुब्रिसम थरका यात्रु छन्।

विदेशी यात्रुमा एन्ड्रे वेड (अमेरिका) , मिस जेजिना तोशिनोरु (जापान) र मिस नाताली नेइलन (अमेरिका) रहेका छन्। उनीहरुको राष्ट्रियता खुल्न बाँकी छ।
विमानस्थल स्रोतका अनुसार नाइन एन- एइके कल साइन रहेको १९०० डी बीचक्राफ्टलाई क्याप्टेन जेबी ताम्राकार र पद्मा अधिकारीले उडाएका थिए। जहाजमा अस्मिता श्रेष्ठ एअर होस्टेस थिइन्।

जहाज लाँकुरी भञ्ज्याङमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो।

नागरिकन्युजकर्मी सुशील भट्टराईका अनुसार १४ वर्षको उड्डयन इतिहास भएको बुद्ध एअरको जहाज बेपत्ता भएको यो पहिलो घटना हो। 

No comments:

Post a Comment