जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, September 27, 2011

मायाको पीडा

माया छ भनेर नढाट मलाई
मैले त तिमीलाई चिनेकै छैन
सित्तैमा जोवन नाफल खेर
मलाई त तिम्रो चाहनै छैन
आंशुको मूल्य अरुलाई सोध
मैले त रुन जानेकै छैन
किन यो आपत बनाउछ्यौ मलाई
तिमीलाई आफ्नो मानेकै छैन
हेर्दैमा माया लगाउने भए
बोल्दैमा प्रिती बसाउने भए
किन पो मुटु जलाउनु पर्थ्यो
पिडाले चिच्याई कराउनु पर्थ्यो \
त्यसले तिमी यो कुरा बुझ
छोडीदेऊ अब मायाको सूझ
चाहन्छौ भने मित्रता गासौं
एक अर्काको बेदना साट्औं
मायाले मेरो यो छाती पोल्छ
मायामा मेरो यो मुटु जल्छ
अनी मायाले मेरो सर्वस्व हर्छ
त्यसैले मलाई गलत नठान
म माया लगाउन लायकको छैन
यो मुटु फेरी जलाउनु छैन
यो छातीपनी डढाऊनु छैन
त्यसैले मित्र
मायाको झटारो नहान मलाई
सहने तागत मभित्र छैन ..........................

No comments:

Post a Comment