जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, September 28, 2011

गलत समूहको रगतले गर्दा एक महिलाको मृत्यु

भ्ाद्रपुर, ११ असोज । बिरामीलाई चाहिने रगतको सट्टा अर्कै समूहको रगत चढाएपछि उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ । इलाम जिल्लाको दानाबारी-१ बस्ने २५ वर्षीया देउमाया लिम्बूको भद्रपुरस्थित ओमसाई पाथीभारा अस्पतालमा आज मृत्यु भएको हो । उनलाई ओ पोजिटिभु समूहको रगत चाहिएमा भूलवश एबी पोजिटिभको रगत चढाइएपछि उनको मृत्यु भएको पीडित पक्षले जनाएको छ । प्राप्त जानकारी अनुसार केही दिनअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनी
सुत्केरी भएपछि आफ्नो घर फर्केकी थिइन् तर पछि पुनः बिरामी भएपछि उपचारका लागि मङ्गलबार यहाँका अस्पतालमा भर्ना गरिएको थियो । जिउ एकदम कमजोर भएकाले रगत चढाउनुपर्ने चिकित्सकले सल्लाह दिएपछि भद्रपुरस्थित रेडक्रसबाट उनका आफन्तले रगत ल्याएका थिए । रगत चढाउँदै जाँदा जिउ चिलाउन थालेको केही बेरमै बेहोस भई लगत्तै उनको मृत्यु भएको बताइएको छ । यसैबीच अस्पताल वा रेडक्रसको लापर्बाहीले बिरामीको मृत्यु भयो भन्ने उनका आफन्तले आवाज उठाएपछि आज दिनभरि अस्पताल क्षेत्रमा तनाव कायम रह्यो । यसै सम्बन्धमा रेडक्रसका प्रतिनिधि अस्पतालका प्रतिनिधि र पीडितपक्षबीच सहमति भएपछि अपराह्नदेखि अस्पतालक्षेत्रको अवस्था सामान्य भएको छ । यसैबीच झापा जिल्ला बुधबारे-३ सुरुङ्गा-५र बैगुनधुरा-९ का तीनजनाको आज विभिन्न कारणले मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव आजै परीक्षणका लागि अस्पताल पठाइएको छ ।

No comments:

Post a Comment