जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, September 28, 2011

उमाविमा मोबाइल, मिनिस्कर्ट र मोटरसाइकल निषेध गरेपछि विद्यार्थीले मोबाइल र मोटरसाइकल आफन्तकोमा राखी शिक्षकका आँखा छल्न थाले

बुटवल, १२ असोज 
मोबाइल, मोटरसाइकल र मिनिस्कर्ट प्रयोगका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको भन्दै बुटवलका उमावि सञ्चालकले कक्षा ११ र १२ का विद्यार्थीका लागि यी सेवा निधेष गर्ने भएको छ । सञ्चालकले यही शैक्षिक सत्रदेखि आप\mना सदस्य १७ उमाविमा मोबाइल, मोटरसाइकल र स्कर्ट निषेध गर्न प्रस्ताव गरेको छ । 
छात्रछात्रा क्लासमै मोबाइलमा गफिने, एकआपसमा एसएमएस आदानप्रदान गर्ने र अश्लील भिडियोसमेत पठाउने गरेको पाइएपछि कलेज सञ्चालकले मोबाइल प्रतिबन्ध गर्ने भएका हुन् । 'निकै हैरान भइयो, हात-हातमा मोबाइलले
कक्षा नै नियन्त्रणमा नहुने अवस्था हुन्छ,' एक शिक्षकले भने । यो समस्याले सबैतिरका कलेजलाई समस्याग्रस्त बनाएको छ ।
उच्च माध्यमिक विद्यालय संघ (हिसान) ले बुटवलमा उमाविमा अध्ययनरत विद्यार्थीमा देखिएका समस्या र समाधानका उपाय विषयक कार्यक्रममा सहभागी प्राचार्यले पढाइ नियमितताका साथै प्रभावित नहोस् भनेर निषेध गर्न खोजेको बताए । युवा विद्यार्थीमा फेसनझँै फैलिएको थ्री एम नियन्त्रण जरुरी भएको महसुस सबैतिर भएको छ । एकैचोटि कार्यान्वयन तहमा जाँदा समस्या हुने प्राचार्यहरूले आचारसंहिता बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । 
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी मोबाइल र मोटरसाइकल प्रयोगमा बन्देज लगाइएपछि पनि नियन्त्रणमा कठिनाइ भएको हिसान रुपन्देहीका अध्यक्ष दामोदर भुसालले भने । मोबाइलबाट अश्लील भिडियो आदानप्रदान गर्ने क्रम बढेपछि यसअघि नै मोबाइल निषेध गरिएको थियो । 
 मिनिस्कर्ट कलेजमा अर्को समस्या बन्दै आएको छ । शरीरमा बढी फिटिङ भएका र एकदमै छोटा मिनिस्कर्टले विकृत बढेको भन्दै त्यसमा पनि कडाइ गर्ने निष्कर्षमा सञ्चालक पुगेका छन् । त्यस्तै पे्रमप्रस्तावका कारण हुने समूहगत लडाइँले पनि विकृति बढाएको भन्दै प्राचार्यहरूले अभिभावकहरू समयमै सचेत नभए यस किसिमका विकृतिले डरलाग्दो रूप लिने बताए । 
लागुऔषध सेवनमा विद्यार्थी फस्दै गएको तथा मदिरा, चुरोट र सुर्तीजन्य पदार्थको लतमा विद्यार्थी परेकाले नियन्त्रणका लागि सुरक्षाकर्मी तथा अभिभावकबीच समन्वय हुनुपर्ने खाँचो औँल्याए । 
मोटरसाइकल, मोबाइल र मिनिस्कर्ट पूर्णरूपमा विद्यालयपरिसरमा निषेध गर्ने, विभिन्न ठाउँमा ट्राफिक सुरक्षा जाँच बढाउने, मोटरसाइकल मोडिफिकेसन गर्न पूर्ण बन्देज लगाउने, विद्यालय हातावरिपरिका पसलेलाई मदिरा, चुरोट, सुर्तीलगायत वस्तु विद्यार्थीलाई बिक्री-वितरण गर्न पूर्णरूपमा रोक लगाउन पहल गर्नेलगायका आचारसंहितामा उल्लेख छन् । संघका अध्यक्ष भुसाल विद्यार्थी यौनजन्य कुरामा बढी संलग्न हुन थालेपछि पढाइमा कमजोर भएको बताउँछन् । करिअर बनाउनुपर्नेमा उनीहरू कुलततिर तानिएको उनको ठहर छ । रुपन्देहीमा संघमा ३१ वटा उमावि छन् । एसएलसीमा ५० प्रतिशतसम्म अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी ११ र १२ मा २५ देखि ३० प्रतिशतमा झरेका छन् । यसको मुख्य कारण थ्री एम भएको उनीहरूको ठहर छ । अभिभावकले छोराछोरीको समेत पढाइप्रति ध्यान नदिने गरेको उनीहरूले बताए । 
हिसानका केन्द्रीय सदस्य तथा तिलोत्तमा कलेजका प्रमुख डा. रामचन्द्र आचार्यले अभिभावक सचेत हुनुपर्ने हो, तर छोराछोरीलाई सुविधाका लागि अनावश्यक महँगा मोबाइल र बाइक किनिदिने प्रचलन बढेको छ । उनले भने, 'यसलाई निरुत्साहित गर्नुपर्छ ।' उच्च माध्यमिक शिक्षा परिषद्ले समेत आचारसंहिता नबनाएको अवस्थामा विद्यालय सञ्चालक आफै संहिता बनाउन जुट्नु सकारात्मक भएको जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले बताए । उनले भने, 'शैक्षिक परिणाम खस्किँदै गएको अवस्थामा यस्ता गतिविधिले राम्रो सन्देश दिनेछ ।'

No comments:

Post a Comment