जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, November 7, 2011

'राजेश हमाल मेरो श्रीमान्’

राजेश हमाल मेरा पति हुन्, हामीले ०५२ साल वैशाख २ गते रजहरमा प्रेमबिहे गरेका हौँ 
काठमाडौं/ अविवाहित अभिनेता राजेश हमालका श्रीमतीसहित तीनवटी छोरी छन् भन्दा पत्याउन गाह्रो हुन्छ । तर, एक प्रहरी महिला हवल्दारले आफू राजेश हमालकी श्रीमती भएको र तीन बच्चा उनकै भएको दाबी गरेकी छिन् । चितवनकी ३७ वषर्ीया बालकुमारी अधिकारी अभिनेता हमालसँग आफ्नो १६  वर्षअघि विवाह भएको दाबी गर्दै उनले धोका दिएको भन्दै प्रहरीको शरणमा पुगेकी छिन् । आइतबार नायक हमालसँग नाता कायम गर्न माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी
अधिकारीले आफ्ना तीन छोरी रहेको र उनीहरू नायक हमालै भएको बताएकी हुन् ।
काठमाडौं परिसरका डिएसपी धीरजप्रताप सिंहका अनुसार बालकुमारी नाता कायम गराइपाऊँ भन्दै आएकी थिइन्  । तर नाता कायम गराउने काम प्रहरीको नभएको भन्दै अदालतमा पठाइएको उनले बताए । बालकुमारीले आफू प्रहरी हवल्दार भएको बताए पनि त्यसको कुनै प्रमाण नभेटिएको उनले बताए । अधिकारी मानसिक रूपमा कमजोरजस्ती देखिएको प्रहरीले जनाएको छ । प्रहरीले पर्याप्त प्रमाण नभएको भन्दै उनको निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । 
अभिनेता हमालकी श्रीमती भनेर अधिकारका लागि उजुरी हाल्न आएकी महिलालाई देखेर प्रहरीहरू नै छक्क परेका थिए । उनीहरूले सो कुरा मिडियासमक्ष पुर्‍याउनु उचित ठानेर आ-आफ्नोतर्फबाट सञ्चारकर्मीलाई खबर गरेका थिए । राजेश हमालकी श्रीमती ? अनि तीनवटा बच्चा पनि ? खबर सुन्नेबित्तिकै हनुमानढोका प्रहरीमा मिडियाको भीड लागेको थियो । आफूलाई अभिनेता राजेशकी श्रीमती दाबी गर्ने ती महिलाले आफूहरूले ०५२ साल वैशाख २ गते नवलपरासीको रजहरमा बिहे गरेको बताइन् । उनले भनिन्, 'मेरो र उहाँको मामाघर रजहरमा हो । त्यतिवेला हामी प्रेममा थियौँ । बाजा बजाएर बिहे गरेका होइनौँ । मन मिल्यो, बिहे गर्‍यौँ ।' उनले आफू प्रहरी हवल्दार भएको र जागिरको सिलसिलामा निकै व्यस्त हुने गरेकाले हमालकी आमाको निधन (०५८ साल) मा पनि आउन नपाएको बताइन् । 'गाउँमा सबैलाई थाहा छ, मेरो पति राजेश हमाल हो,' उनले दाबी गरिन् । तर, उनको दाबी विश्वसनीय थिएन । 'यत्रो वर्ष किन बोल्नुभएन ?' सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, 'म जागिरमै व्यस्त भएँ । उहाँ पनि आफ्नो काममा व्यस्त हुनुभयो ।' बिहे गरेको, तपाईं राजेश हमालकी पत्नी भएको प्रमाण के छ ? अर्काे जिज्ञासा तेर्साइएपछि उनले भनिन्, 'मेरा छोरीहरू नै प्रमाण हुन् ।' त्यति भनेपछि उनी आफ्नो बाटो लागिन् । फोन सम्पर्कमा उनले आफू न्यायका लागि सोमबार जिल्ला अदालत जाने बताइन् । 
आफूलाई अभिनेता हमालकी पत्नी दाबी गरे पनि उनले हमालसँग बिहे गरेको र उनकी पत्नी भएको कुनै ठोस प्रमाण प्रस्तुत गर्न भने सकिनन् । अभिनेता हमालले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । हमालका सहयोगी रोशन हमाल र चिरञ्जीवी आचार्यका अनुसार हमालले ती महिलालाई चिन्दैनन् । अभिनेता हमालले यो 'अनावश्यक कुरा' भएकाले प्रतिक्रिया दिन आवश्यक नठानेको उनीहरूले बताए ।

No comments:

Post a Comment