जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, November 21, 2011

बदलियो विवाहको परिभाषा

विवाह गरी घर बसाउनु र सन्तान उत्पादन गर्नु मनुष्य जातिको प्राकृतिक इच्छा हो । जबदेखि मानिसको बौद्धिक स्तर बढ्यो, निजी सम्पत्तिको आकांक्षा बढ्यो तबदेखि विवाह संस्थाको थालनी भयो । हिजोआज विवाहको परिभाषा परिवर्तन हुँदैछ । हालका वर्षहरूमा वैवाहिक सम्बन्धमा पारपाचुकेको कुरा पनि चर्चामा छ । के वास्तवमा विवाहको परिभाषा बदलिँदैछ ? के यो संस्थाले आफ्नो महत्व बिर्सदैछ ?
म्ाानिस एक्लो बस्न सक्दैन । किनभने नारी-पुरुष एक-अर्काप्रति सामाजिक, मानसिक, भावात्मक एवं वैधानिक रूपमा निर्भर छन् । सृष्टिको चक्र चलाईरहन वंश वृद्धि हुनुपर्छ । त्यसैले विवाह संस्थाको जन्म भएको
हो । जंगली मानव जीवन परिवर्तित भएर यौन जीवन संयमित एवं अनुशासित हुन सकोस् भनेर विवाह संस्थाको जन्म भएको मानिन्छ । यसले समाजमा सदाचारिता कायम गराउन सकेको छ । प्रायः सबैले विवाह गर्छन् र सन्तान उत्पादन गर्छन् । विवाह संस्थाका विषयमा कसैले पनि अहिलेसम्म प्रश्न उठाउन सकेको छैन । यद्यपि ग्लोबलाईजेसनको यो समयमा सम्बन्धमा पनि नकारात्मक प्रभाव देखा पर्न थालेको छ । त्यसको परिणामस्वरूप विवाहको परिभाषा पनि परिवर्तन भैरहेको छ । अब अन्तरंग सम्बन्धका लागि अरू सम्बन्धको खोजी हुँदैछ । सायद त्यसैले होला लिभिङ टुगेदर, समलंैगिक एवं विवाहेतर सम्बन्ध आदिले पनि समाजमा स्थान बनाउँदैछ ।

विवाह किन आवश्यक छ ?

अनुसन्धानअनुसार विवाह व्यक्तिको मानसिक, शारीरिक, सेक्स जीवन एवं आर्थिक दृष्टिले पनि आवश्यक छ । सिकागो युनिभर्सिटीमा विवाहको विषयगत अध्यापन हुन्छ । प्राचीन कालमा विवाहलाईर् सामाजिक संस्थाका रूपमा लिइन्थ्यो तर आज यो नितान्त व्यक्तिगत मामिला मानिन्छ । संस्कृतिविद् गोविन्द टण्डन विवाहलाईर् ५ भागको संगम बताउँछन् । जुन प्राकृतिक इच्छाको चलन, एक सहज नाता, सामाजिक राम्रो पक्ष, संस्कार तथा प्रतिज्ञापत्र हो ।

विवाह सेक्स र भावनासँग सम्बन्धित इच्छापूर्तिको सहज एवं सरल विधि हो । कतिपय धर्ममा विवाहलाईर् सम्झौता मानिन्छ । अरस्तुले विवाहलाईर् समाजको राम्रो पक्ष बताएका छन् । उनका अनुसार विवाह र परिवार वृहत् सामाजिक कल्याणका लागि आवश्यक छ । मार्टिन लुथरका अनुसार विवाह दैवी देन हो जसले युवा, बच्चा, समाज, राज्य एवं सामाजिक जीवनका लागि टेवा दिन्छ । करन जौहरले चलचित्र कभी हा कभी नामा समाजको यही यथार्थ देखाएका छन् । विवाहमा प्रोफेसनलिज्मभन्दा इमान्दारिता हुनुपर्छ । पछिल्लो केही समयदेखि विवाहलाईर् हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । पाश्चात्य देशमा विवाह टुट्ने क्रम बढेको छ । निजी समस्या एवं स्वतन्त्रताका नाममा सम्बन्ध टुंग्याउनु अहिले फेसन बनेको छ ।

No comments:

Post a Comment