जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, November 19, 2011

धरानमा आगलागी बीसलाख भन्दा बढीको नोक्सानी

इटहरी । धरान नगरपालिका– १९ भिक्टोरिया चोकस्थित खड्गबहादुर लिम्बुको घरमा शुक्रबार साँझ आगलागी हुँदा कम्तीमा २० लाखाभन्दा बढीको नोक्सानी भएको छ ।
लोडसेडिङको बेला आगलागी भएकाले तत्काल आगो नियन्त्रण गर्न असम्भव हुँदा लिम्बुको घर पूरै जलेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीमा परी लिम्बुको घरमा भाडामा बस्ने पाँच परिवारको सम्पूर्ण सरसामानसमेत जलेकाले धेरै नोक्सानी भएको अनुमान गरिएको छ । लोडसेडिङको समयमा बालिएको मैनबत्तीबाट आगो सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ ।
साँझ आठ बजेतिर लागेको आगोलाई धरान र इटहरीबाट गएको बारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सक्रियतामा राति १० बजेमात्र नियन्त्रणमा लिइएको थियो ।

No comments:

Post a Comment