जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, March 15, 2013

होटलमा बन्धक बनाएर एक वर्षदेखि यौनशोषण

धरान, १ चैत
इटहरीको विराटनगर लाइनस्थित प|mेन्डसिप रेस्टुरेन्ट एन्ड बारमा युवतीहरू बन्धक बनाई यौनधन्दा सञ्चालन गर्दै आएको खुलासा भएको छ । एक वर्षदेखि सो होटलमा काम गर्दै आएकी एक १६ वषर्ीया युवती भागेर सुरक्षा माग्दै महिला अधिकारकर्मीकोमा पुगेपछि घटना सार्वजनिक भएको हो ।
सो रेस्टुरेन्टले तीन युवतीलाई राखेर यौनधन्दा गराउँदै आएको पीडित युवतीले अधिकारकर्मीलाई बताएकी छिन् । उर्लाबारी घर भएकी होटल सञ्चालिका मधु थेबेले युवतीलाई होटलबाहिर जान नदिई घरायसी कामदेखि होटलमा आउने ग्राहकसँग यौनसम्पर्क गर्न बाध्य बनाउने गरेको पीडितले बताइन् ।

ग्राहकसँग सुत्न बाध्य बनाउने र ग्राहकले बिल कम बनाए हप्की-दप्की गर्दै आफैँ तिर्न लगाउने गरेको पीडित युवतीको भनाइ छ । ग्राहकले दिने पैसा होटल साहुनीलाई बुझाउनुपर्ने र उनीहरूले भनेअनुसार काम नगरे कुटपिट गर्ने गरेको पनि उनको भनाइ छ ।
धनकुटा हिले घर भएकी ती युवतीलाई काइँला भन्ने व्यक्तिले होटलमा काममा लगाइदिन्छु भन्दै ०६८ माघमा सो होटलमा पुर्‍याएका थिए । होटलमा पुर्‍याएकै दिन यौन क्रियाकलापमा संलग्न हुन दबाब दिइएको र अस्वीकार गर्दा पनि बाध्य पारिएको उनको भनाइ छ । काइँला भन्ने व्यक्तिले अझै पनि केटीहरू लिएर होटलमा आउने गरेको उनले बताइन् । होटलबाट पटकपटक भाग्न खोज्दा सुरक्षागार्डले निगरानी गरेकाले उम्कन नपाएको उनले सुनाइन् । 'नरकबाट उम्कन तीन/चारपटक प्रयास गरेँ, तर सधैँ गार्डले पक्रियो,' ती युवतीले भनिन् ।
उनका अनुसार होटलमा दर्जनौँ 'गुन्डा' पालेर राखिएको छ । तिनीहरू आउँदा प|mी सर्भिस गर्नुपर्ने र उनीहरूसँग नसुते होटल साहुनीले तथानाम गाली गर्ने गरेको पनि पीडित युवतीले बताइन् ।
'प्रहरीका सिआइडी तिवारी भन्ने मान्छे हप्तामा एकपटक होटलमा आउँथे । प्रहरीको समूह आएर रक्सी खाई मलाई कतिपटक नांगै बनाए, भिडियो खिचे, यस्तो गर्दिनँ भन्दा होटल साहुनीले पनि दबाब दिने गर्थिन्,' ती युवतीले भनिन् ।
त्यस्तै, होटल साहुनीका भाइ डिसन लिम्बूले पनि यौनशोषण गर्ने गरेको उनले बताइन् । 'तिमीलाई बुहारी बनाउँछु भन्दै साहुनीले पनि बाध्य बनाउँथिन्,' ती युवतीले भनिन्, 'रातमा तीन/चारजनासँग सुत्नुपथ्र्यो । नसुते कुटाइ खानुपथ्र्याे ।' आफूले यसअघि पनि होटलबाट भाग्ने प्रयास गरेको र यसपटक भागे पनि होटलवालाका 'गुन्डा' धेरै भएकाले असुरक्षित भएको उनले बताएकी छिन् ।
धरानस्थित महिला सञ्जाल नगर कमिटीले पीडित युवतीको जीवनरक्षा र न्याय दिलाउन कोसी अञ्चल प्रहरी कार्यालयका एसएसपी यादवराज खनाललाई आग्रह गरेको छ । मानवअधिकार संरक्षण मञ्चकी केन्द्रीय सदस्य सावित्री श्रेष्ठले पनि जबर्जस्ती युवतीलाई यौनधन्दा गर्न बाध्य बनाउने अपराधीलाई सजाय दिनुपर्ने माग गरिन् ।
पीडित युवतीको तर्फबाट जिप्रका इनरुवामा उजुरीसमेत दिइएको छ । पीडितको बयान बुधबार सुनेपछि एसएसपी खनालले तत्काल होटल सञ्चालकलाई पक्राउ गरी जीउ मास्ने बेच्ने ऐनअन्तर्गत कारबाही गर्ने बताएका छन् ।

रेस्टुरेन्ट सञ्चालक पक्राउ

प|mेन्डसिप रेस्टुरेन्ट एन्ड बारका सञ्चालक दम्पतीलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले होटल सञ्चालक हरि थेवे (लिम्बू) र धनु थेवेलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको  जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण गिरीले जनाए ।
उनीहरूविरुद्ध मानव बेचबिखनसम्बन्धी मुद्दा दायर भएको छ । म्याद थपका लागि बिहीबार नै जिल्ला अदालतमा पठाइएको गिरीले जानकारी दिए । पीडित युवतीले बुधबार उजुरी दिएपछि उनीहरूलाई कोसी अञ्चल प्रहरी कार्यालयको निर्देशनमा पक्राउ गरिएको हो ।

No comments:

Post a Comment