जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, March 14, 2013

जापानमा आइफोनसँगको मुद्धामा सामसुङ हार्‍यो

जापानमा प्याटेन्ट सम्वन्धि मुद्धामा एप्पलको आइफोनसँग सामसुङ हारेको छ । सामसुङले आफ्नो 3G प्रबिधिलाई आइफोनमा गैरकानुनी रुपमा प्रयोग गरिएको भन्दै मुद्धा दायर गरेको थियो ।
3G प्रबिधिको प्याटेन्ट आफुसँग रहेको र यसको प्रयोग आइफोनमा गैरकानुनी रुपमा प्रयोग हुँदै आएको सामसुङको भनाई थियो । तर अदालतले
सामसुङको पक्षमा फैसला दिएन । सामसुङले एप्पलको गैरकानुनी कदम भन्दै जापानमा आइफोन प्रतिबन्ध गराउन समेत माग गरेको थियो ।
स्मरण रहोस्, जापान लगायत बिश्व भरिनै दक्षिण कोरियाली इलेक्ट्रोनिक्स उत्पादक सामसुङले आफ्नो पछिल्लो स्मार्टफोनलाई लिएर आइफोन बिरुद्ध प्याटेन्ट सम्वन्धि दर्जन भन्दा धेरै मुद्धा दायर गरेको थियो तर निकै कममा मात्र उ मुद्धा जित्न सफल भएको थियो ।-बिबिसी

No comments:

Post a Comment