जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, March 14, 2013

युवतीलाई बन्धक बनाएर चरम् यौन शोषण

धरान(ब्लाष्ट) इटहरीको विराटनगर लाइनस्थित प्रेmन्डसीप रेस्टुरेन्ट एण्ड बारमा युवतीहरुलाई बन्धक बनाएर यौनधन्दा सञ्चालन गर्ने गरिएको सार्वजनिक भएको छ । सो होटलमा एक वर्ष अघिदेखि कार्यरत् १६ वर्षीया एक युवती भागेपछि होटलमा हुने यौन शोषण सार्वजनिक भएको हो । उनले भागेर निस्किएपछि आफूलाई उद्धार गरिदिन महिला अधिकारकर्मीहरुसाग हारगुहार गरेकी थिइन् ।
सो रेस्टुरेन्टमा कुन्डलेमुण्डलेहरु पालेर तीनजना युवती राखेर यौनधन्दा सञ्चालन गर्ने गरिएको ती युवतीले बताइन् । उर्लाबारी घर भएकी होटल सञ्चालिका मधु थेबेले युवतीहरुलाई होटलबाहिर जान नदिई घरायसी कामदेखि ग्राहकसाग यौन सम्पर्क गर्नसम्म बाध्य बनाउने गरेको उनले बताइन् । उनका अनुसार शुरुमा सञ्चालिका थेबेले आफ्ना भाइ डिसन लिम्बूसाग विवाह गरिदिने प्रलोभन देखाएर होटलमा काम सघाउन उनलाई राखिएको थियो । पछि जबर्जस्ती यौनधन्दामा लगाइएको उनले बताइन् । ग्राहकसाग सुत्न बाध्य बनाएर ग्राहकहरुको बिल कम भए आफूलाई हप्कीदप्की गर्दै धेरै बिल उठाउन लगाउने गरेको पीडितको भनाइ छ ।

धनकुटाको हिलेकी ती युवती गत माघमा धरानका काइाला भन्ने व्यक्तिले काममा लगाइदिने भनेर सो होटलमा पुर्‍याएका थिए । होटलमा पुर्‍याएकै दिन यौनक्रियामा संलग्न हुन दवाब दिइएको थियो । अस्वीकार गरेपछि आफूलाई बाध्य बनाइएको उनले बताइन् ।
३ महिनाको हुादा नै आमाले छाडेर गएपछि बाबुले सानी आमा ल्याएर हेला गरेकाले उनी काकाकाकीसाग बस्दै आएकी थिइन् । काकाकाकीबाट पनि हेला हुन थालेपछि कामको खोजीमा धरान झरेको उनले बताइन् । धरानमै भेटिएका काइाला भन्नेले यस्तो नर्कमा पुर्‍याइदिएको उनले जनाइन् । ती काइालाले अझै पनि केटीहरुलाई होटलमा पुर्‍याउने गरेको उनको भनाइ छ ।
होटलमा पालिएका दर्जनौं गुण्डालाई नि:शुल्क सेवा उपलब्ध गराउनुपर्ने र त्यसो नगरे सञ्चालिकाले कुटपीटसमेत गर्ने गरेको उनले खलाइन् । ‘साउनीका भाइ डिसनले पनि यौन शोषण गर्थे’, ती युवतीले भनिन्, ‘रातमा ३/४ जनासाग सुत्नु पथ्र्यो ।’
होटलमा प्रत्येक हप्ता प्रहरीहरु पनि आउने गरेको उनको भनाइ छ । ‘प्रहरीलाई पनि नि:शुल्क सेवा दिनु पथ्र्यो । नाङ्गै बनाएर भीडीओ खिच्थे’, उनले थपिन्, ‘छापा मार्न प्रहरी हिाड्दा सो होटलमा अघि नै खबर पुग्थ्यो । प्रहरीका सीआईडी तिवारी भन्ने नियमित आउाथे ।’
होटलका धेरै गुण्डा भएकाले आफू भागेर आए पनि अझै असुरक्षित भएको उनले सुनाइन् । उनले आफ्नो जीवन रक्षा गर्न पनि आग्रह गरिन् । एकपटक त्यहााबाट भागेपछि फेरि समाएर लगिएपछि कडा निगरानी गरिएको उनी बताउाछिन् । सञ्चालिकाका भाइ डिमनले ‘बुढी बनाउाछु’ भन्दै नियमित यौन शोषण गर्ने गरेको उनको भनाइ छ । डिमनको मासिक खर्चसमेत आफूले तिर्ने गरेको ती युवतीको भनाइ छ । ‘यौन शोषण गरेको कुरा सार्वजनिक गरे मारिदिने धम्की दिन्थे ।’ उनले थपिन् ।
सो होटलमा अझै सङ्खुवासभाकी १५ वर्षीया रनवलपरासीकी २२ वर्षीया युवतीलाई राखिएको बताइएको छ । सङ्खुवासभाकी युवती चाहिा इटहरीका एक युवाले उद्धार गरे पनि भागेर पुन: त्यहीा गएको उनले बताइन् ।
इटहरीका एक युवकले उनीहरु नर्कमा डुबेको थाहा पाएर नौ दिनअघि उनीसहित अर्की एक युवतीलाई उद्धार गरेका थिए । उनले उद्धार गरेर उनलाई धरानस्थित महिला सञ्जाल नगर कमिटीको सम्पर्कमा पुर्‍याएका थिए । । इटहरीका प्रहरी–प्रशासनप्रति विश्वास नभएपछि धरान पुगेको ती युवकले बताए । उनले उद्धार गरेको युवतीको जीवनरक्षा र न्यायका लागि कोशी अञ्चलका एसएसपी यादवराज खनाललाई बिन्ती गरेका छन् । महिला सञ्जालले बुधबार नै कार्यक्रम आयोजना गरी पीडितको बयान रेकर्ड गरेर सुनाएको थियो । यस्ता अपराधीलाई कडा सजाय दिनुपर्ने मानवअधिकार संरक्षण मञ्चकी केन्द्रीय सदस्य सावित्री श्रेष्ठले माग गरिन् । पीडितको बयान सुनेपछि एसएसपी खनालले तत्काल जिल्ला प्रहरी कार्यालयलाई होटलमा छापा मार्न निर्देशन दिएका थिए । बुधबार नै महिला सञ्जालका तर्फबाट तारा शाक्य, गंगा बराल पौडेललगायत पीडित युवतीको उपस्थितिमा जिप्रकामा उजुरी दिइएको छ ।
कार्यक्रममा पीडितको यौनहिंसाको कथा सुनेर उपस्थित सहभागी तथा पत्रकार विक्षिप्त बनेका थिए । होटल सञ्चालकलाई तत्काल कारवाही गर्न महिला सञ्जाल धरानकी अध्यक्ष मीना पुलामीले माग गरिन् । कार्यक्रममा मानवअधिकार सञ्चार प्रतिष्ठानकी सुनसरी संयोजक मन्जु भण्डारीले सुनसरीको महिला हिंसाको अवस्थाबारे तथ्याङ्क सार्वजनिक गरेकी थिइन् ।

No comments:

Post a Comment