जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, March 19, 2013

नेपाली बजारमा आयो दुई सीम लाग्ने सामसुङ ‘ग्यालेक्सी ग्रान्ड’

grand-du-3४  चैत, काठमाडौं । स्मार्टफोनको नम्बर एक ब्राण्ड बन्न सफल सामसुङले ग्यालेक्सी ग्राण्ड डूअस मोडलको नयाँ स्मार्ट फोन नेपाली बजारमा बिक्रि सुरु गरेको छ । सामसुङको नेपालका लागि आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालि (आईएमएस) ले शनिबार राजधानीमा विशेष समारोहका बीच उक्त मोबाइलको सार्वजनिक गर्दै विक्री सुरु गरेको हो ।
मोबाइलको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, आईएमएसका कार्यकारी प्रमुख दीपक मलहोत्रा, निर्देशक दिकेश मलहोत्रा र कार्यकारी अधिकृत विशाल आचार्यले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । के छन सुबिधा ? पाँच इञ्चको टच स्क्रीन भएको उक्त मोबाइलमा दुईवटा सीम लाग्छन । थ्री जी सुबिधा रहेको यो मोडलमा अगाडि २ मेगा पिक्सल र पछाडि ८ मेगा पिक्सलको क्यामेरा जोडिएको छ
जसबाट एचडी भिडियोसमेत रेकर्ड गर्न सकिन्छ । मल्टी विण्डो भएका कारण मोबाइलको स्क्रीन नै नबदली एकै पटक दुईवटा काम गर्न सकिन्छ । नेपाली बजारमा ३७ हजार ५ सय रुपैयाँमा यो मोबाइल पाइने आईएमएसले जवनाएको छ । सामसुङ कम्पनीले ट्याबलेट र स्मार्ट फोनको फ्युजनको रुपमा ग्रान्ड डु एस बजारमा ल्याएको आईएमएसका निर्देशक दिकेश मलहोत्राले बताउनुभयो ।
एकमुष्ट पैसा तिरेर किन्न नसक्ने ग्राहकहरुलाई कम्पनीले विभिन्न बैंकहरुमार्फत शुन्य व्याजदरमा १२ महिने किस्ताबन्दी सेवा पनि उपलब्ध गराएको छ ।  ग्यालेक्सी एस थ्री र नोट टुमा उपलब्ध गराएको बीमाको सुविधा यो मोडलमा पनि उपलब्ध छ । त्यसका अतिरिक्त एक वर्षको बिमा कम्पनीकै तर्फबाट निःशुल्क गरिदिने छ । यो मोबाइलको किन्दा ग्राहकले प्रति महिना एन सेलको ५०० एमबी डाटा ३ महिनासम्म प्रयोग गर्न पाउनेछन् ।

No comments:

Post a Comment