जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, March 12, 2013

शिवरात्रिमा डोरी टाँगी पैसा उठाउँदा बालिकाको मृत्यु

शिवरात्रिका अवसरमा सडकमा डोरी टाँगी सवारीसाधनबाट पैसा लिने क्रममा मिनीट्रकको ठक्करबाट एक बालिकको मृत्यु भएको छ ।
इचंगुनारायण-१ सिसापानीमा पैसा उठाउने क्रममा मिनीट्रकको ठक्करबाट रामकोटका भरत तामाङकी ८ वषर्ीया छोरी निशा तामाङको मृत्यु भएको हो । बा.२ख १४९८ नम्बरको मिनीट्रकले निशालाई बिहान १० बजेतिर ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रकका चालक महोत्तरी घर भई स्वयम्भू बस्ने तेजबहादुर थापामगरलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार नजिककै ढुंगाखानीबाट माटो बोकेर दुईवटा ट्रक सँगै आएका थिए । अगाडिको ट्रकले बालबालिकालाई तर्साएर डोरी हटाउन लगाई अघि बढाएका थियो । पछाडिको ट्रक पनि अगाडिको ट्रकसँग अघि बढ्न खोज्ने क्रममा बालिकालाई ठक्कर दिएको हो ।
ट्रकमा बालिकको टाउको च्यापिएको थियो । ठक्करबाट मृत्युपछि स्थानीयले ट्रक तोडफोड गरेका छन् । अघिल्लो ट्रकका चालक दिलबहादुर थिङलाई कुटपिटसमेत गरेका छन् । थिङ दुवै ट्रकका मालिक हुन् ।
उता स्वयम्भूको जंगलमा एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् । अन्दाजी ५५ वषर्ीय अम्मरबहादुर महतले रूखमा झुन्डिएर आइतबार दिउँसो आत्महत्या गरेका हुन् । प्रहरीले महतले लेखेको दुईवटा सुसाइड-नोटसमेत फेला पारेको छ ।

No comments:

Post a Comment