जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, March 12, 2013

मलेसियामा बिदेशी कामदारले घरपरिवारको बिबरण बुझाउनुपर्ने

२९ फागुन, क्वालालम्पुर । मलेसिया सरकारले यहाँ कार्यरत बिदेशी श्रमिकको सम्बन्धित देशको विस्तृत ठेगाना, उनीहरुका आश्रति परिवारको सम्र्पक लगायतका बिबरण तत्काल सरकारसमक्ष बुझाउन रोजगारदातालाई निर्देशन दिएको छ । मलेसियाको राष्ट्रिय समाचार समिति बर्नामाले जनाएअनुसार रोजदारदाताले आफुकहाँ काम गर्ने बिदेशी कामदारको सम्बन्धित देशको विस्तृत बिबरण, आश्रति लगायतको ठेगाना बुझाउनैपर्ने निर्देशन दिएको छ । साथै रोजगारदाताले अनिवार्यरुपमा बिदेशी कामदारको बिमा गर्नुपर्ने पनि निर्देशन दिएको छ ।
पछिल्लो दिनमा मलेसियामा ज्यान गुमाउने बिदेशी कामदारको संख्या बढ्दै गएपछि उनीहरुले पाउने सेवा सुबिधा सुनिश्चीत गर्न यस्तो निर्देशन दिइएको बताइएको छ । बुधबार पेनिसुलर मलेसिया म्यानपावर बोर्डका महानिर्देशक मोहम्मद जेफ्री जाओकिमले एक बिज्ञप्ति जारी गर्दै बिदेशी कामदार क्षतिपूर्ति योजना oreign Workers Compensation Scheme (SPPA) मा अनिवार्य सहभागी हुन रोजगारदातालाई दिर्नेशन दिनुभएको छ । बिदेशी घरेलु कामदारको हकमा भने यो नियम तत्काल लागू हुनेछैन ।
‘कामदारको आश्रति, उसको राष्ट्रियता, कामदारसँग उनीहरुको नाता, साथै उसको घरठेगाना र सम्र्पक नम्बर लगायत सवै सूचना आबश्यक पर्नेछ’ जाओकिमले भन्नुभयो । उहाँका अनुसार अबदेखि बिदेशी कामदारको माग स्वीकृत गर्न अध्यागमन कार्यालयमा जाँदा रोजगारदाताले अनिवार्यरुपमा इन्सुरेन्स सुनिश्चीत गरेको हुनुपर्ने ब्यबस्था गरिएको छ । त्यसो नगर्ने रोजगारदातालाई कामदार क्षतिपूर्ति ऐन १९५२ को दफा २६(१) अनुसार २० हजार रिंगेटसम्म जरिवाना र दुई बर्षसम्म कैद वा दुवै सजायँ हुनसक्ने कानुनी ब्यबस्था रहेको बर्नामाले जनाएको छ ।
अबैधानिक बिदेशी कामदारलाई ट्रयाक गर्ने र ज्यान गुमाउने बिदेशी श्रमिकका परिवारले पाउनुपर्ने क्षतिपूर्ति सुनिश्चीत गर्ने उदेश्यले यो ब्यबस्था गरिएको बताइएको छ । पछिल्ला बर्षहरुमा मलेसियामा औसत बाषिर्क २ सय नेपाली कामदारले ज्यान गुमाउने गरेका छ भने त्योभन्दा बढि नेपाली घाइते तथा अंगभंग हुने गरेका छन । कतिपयको इन्सुरेन्स नहुने र आश्रति परिवारको पनि टुंगो नलाग्ने अबस्था हुँदा उनीहरुले कानुनले सुरक्षित गरिदिएको क्षतिपूर्ति र रकम नपाउने गरेका छन ।

No comments:

Post a Comment