जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Sunday, January 16, 2011

नमरी स्वर्ग देखिन्न

कमल रिजाल
 
चिनियाँ दार्शनिक कन्फ्युसियस भन्छन्- 'संसारमा केही मानिस यस्ता पनि छन् जो स-सानो राम्रो काम गर्नाले अरुको भलाइ गर्न सक्दैन भन्ने ठान्छन् र राम्रो काम गर्दैगर्दैनन् । त्यस्तै संसारमा केही यस्ता मानिस पनि छन् जो स-सानो नराम्रो काम गर्नाले कसैको नराम्रो गर्दैन भन्ने ठान्छन् र नराम्रो काम गरिरहन्छन् । फलतः उनीहरूको नीचपन र अपराध यति बढेर जान्छ कि त्यसलाई आँखा चिम्लिन पनि सकिन्न र क्षमा दिन पनि सकिन्न ।' सबै सानोबाटै ठूलो हुने हो र थोरैबाटै धेरै हुने हो । वृक्ष बन्ने पनि बीज नै हो, समुद्र बन्ने पनि थोपाथोपा मिलेर नै हो । सबैले म एउटाले नराम्रो गरेर के फरक पर्छ र भन्न थाल्ने हो भने संसारमा राम्रो काम गर्ने एउटै पनि हुँदैन र सबैले अरुले जे सुकै गरुन् मैले चाहिं राम्रो गर्नपर्छ भन्दै जाने हो भने नराम्रो गर्ने कोही पनि हुँदैन ।
एकपटक एउटा राजाले देशवासीलाई आदेश दिएछन्- 'म दूधको पोखरी बनाउन चाहन्छु भोलि बिहान सबेरै सबैले अमुकस्थानमा खनिएको पोखरीमा एक-एक लोटा दूध खन्याउनु ।' देशवासीले राजाको आज्ञालाई हुन्छ त भनेछन् तर सित्तैमा एक लोटा दूध गुमाउन भने कोही पनि चाहँदैन रहेछन् । त्यसैले उनीहरू सबैले दूध अरुले ल्याइहाल्छन् म एउटाले पानी खन्याएर के फरक पर्छ र भन्ने सोच्न थालेछन् र धमाधम पानी ल्याउँदै खन्याउँदै गर्न थालेछन् । फलतः पोखरी पानी नै पानीले भरिएछ दूध त एक थोपा पनि परेनछ । यो कथा एकादेशको मात्र होइन, राम्रो काम अरुले मात्र गर्ने हो मैले त जे गरे पनि हुन्छ भनी ठान्ने हामी सबैको कथा हो यो ।
संसार आफै बिग्रदैन, कतिपय मानिस समयलाई दोष दिन्छन् त्यो पनि सही होइन । जब मानिसको विचार र व्यवहार बिग्रन्छ तब संसार बिग्रन्छ । मानिसले जस्तो व्यवहार गरेको छ समयले पनि त्यसैको फल फर्काइ दिनेमात्र हो । मिलेर बनाउन चाहे नराम्रो पनि राम्रो बन्छ होइन भने हीरामा पनि कीरा लाग्न बेर लाग्दैन । मान्छेले चाहे ढुङ्गामा मूर्ति देख्न पनि सक्छ मान्छेलेे चाहे मूर्तिलाई ढुङ्गोमात्रै देख्न पनि सक्छ । संसार बनाउने कि बिगार्ने मानिसकै हातमा छ बिगार्न चाहे बिग्रन्छ सपार्न चाहे सप्रन्छ ।
प्रायः हामी अरुलाई दोषी देख्छौं । दोष आˆनै आँखामा छ कि भन्नेतर्फ भने ध्यान दिन भ्याउँदैनौं । जननायक विश्वेश्वरप्रसाद कोइरालाले दोषी चश्मा त्यसै लेखेका होइनन् । दोष कहाँ छ, अरुमा कि अरुलाई हेर्ने आˆनो आँखामा ? पहिले त्यसैको छिनोफानो आवश्यक छ । हामी एउटा औंलाले अरुको दोष देखाइरहेका त हुन्छौं तर यतिबेला अन्य चारवटा औंला आफँतिर फर्किरहेका छन् भन्ने कुरो भने सोच्न भ्याउँदैनौं । मुख्य गडबडी नै यहींनेर छ । जतिबेलासम्म ठूलो मानिस भएस् भन्नुको सट्टा असल मानिस भएस् भन्ने परम्परा बसाइन्न, जतिबेलासम्म सबैलाई जित्नसक्ने भएस् भन्नुको सट्टा सबैलाई बोक्नसक्ने भएस् भन्न थालिन्न र जतिबेलासम्म शिक्षाको नाममा खोक्रो आदर्श र आडम्बरको भारी बोक्न र बोकाउन छोडिन्न त्यतिबेलासम्म यस्ता प्रवृत्ति दोहोरिरहन्छन् ।
प्रायः मानिस पहिले देश बन्नपर्छ त्यसपछि मानिस आफैँ बन्छ भन्छन् त्यो पनि आडम्बर नै हो । सुन्दा राम्रो लाग्छ- 'हो पहिले देश बन्नुपर्छ । देशकै विकास नभए मानिसको विकास कसरी हुने ?' तर यथार्थ के हो ? के मान्छे नबनी देश बन्छ ? के मानिसको विकास नभई देशको विकास भएको उदाहरण कतै छ ? व्यक्तिको विकास भए समाजको विकास हुन्छ समाजको विकास भए देशको विकास आफँै हुन्छ, कसैले गर्नुपर्छ भनिरहनै पर्दैन । व्यक्ति बने नै देश बन्ने हो । व्यक्ति सुध्रे देश सुध्रन्छ व्यक्ति बिग्रे देश बिग्रन्छ । सुन्दा अपि्रय लाग्नसक्छ तर यथार्थ त्यही हो तर हामीले न भने बमोजिम गरेका छौं न गरे बमोजिम भनेका छौं । हामी भन्छौं एउटा गर्छौं अर्कै । यसैमा अभ्यस्त छौं त्यसैले यसको विपरीत कसैले गरेको कुरा सु्न्न पनि चाहन्नौं । अहिलेसम्म देशको विकास गर्छौं भन्ने कति आए हामी सबैलाई थाहा छ । उनीहरूले साँच्चै देशको विकास गरे कि आˆनो त्यो पनि थाहा छ । जब आफू र आˆनाको नै विकास गर्नुछ भने देशको विकासको कुरो किन गर्ने ? भनाइ र गराइमा तालमेल नमिलेको भनेको पनि यही हो, फोस्रो आदर्श र आडम्बर भनेको पनि यही हो ।
भन्न सक्नुपर्छ सबैले, विशेषगरी देश बनाउछौं भन्नेहरूले हामी पहिले आफू बन्छौं, आˆनालाई बनाउँछौं त्यसपछि देशको विकास गछौर्ं । मोही माग्नेले ढुङ्ग्रो किन लुकाउने ? यथार्थ त्यही हो । आफू नबनी कसैले पनि अरुलाई बनाउँदैन, बनाएको छैन, बनाउनैसक्दैन । नमरी स्वर्ग कसले देखेको छ र ? एउटाले खाएर अर्को अघाएको उदाहरण पनि छैन । यसो भन्नु प्राकृतिक नियमकै विपरीत कुरा हो । यसै पनि समाज भएर व्यक्ति भएको होइन व्यक्ति भएर नै समाज भएको हो । त्यस्तै देश बनेर समाज बनको होइन समाज मिलेर नै देश बनेको हो । व्यक्ति बलियो भए समाज बलियो बन्छ समाज बलियो भए देश आफैँ बलियो बन्छ । संसारमा कसैको पनि ठेेकेदार कोही होइन, हुनैसक्दैन । सबैले आˆनो ठेकेदार आफैँ बन्ने हो, सबैले आˆनै असली ठेकेदार बन्नसक्ने हो भने देशको विकास हुन बेर लाग्दैन ।
संसारमा कसका लागि को आएको छ र ? हामी सबै आˆनै लागि आएका हौं र आˆनै लागि केही गर्ने प्रयास गरिरहेका छौं । त्यसैले हामी सबैले साँच्चै आˆनो जीवन सुधार्ने हो भने कन्फ्युसियसले भने जस्तै आफूलाई ठूलाको जुन व्यवहार मन पर्दैन सानालाई त्यस्तो व्यवहार गर्नु हुँदैन र सानाको मन नपरेको व्यवहार ठूलामाथि गर्न पनि हुँदैन

No comments:

Post a Comment