जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, February 18, 2011

गायिका ले गरिन् आत्महत्या

देबराज सुवेदी, काठमाडौ -

तामाङ्ग सेलो र लोक सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल गायीका योगीता मोक्तान ले आत्महत्या गरेकी छिन् ।
ललितपुर बागडोल स्थित आफ्नै घरमा  सिलिङ्गमा पासो लगाएर झुण्डिएर आत्महत्या गरेकि हुन् । आज बिहान ११ बजे सम्म पनि कोठाको ढोका नखोलेपछि आफन्तले ढोका खोलेर हेर्दा मृत्यु भइ सकेको थियो । उनको शरिर झुण्डिएको अबस्थामा , हातमा मोबाइल र कानमा मोबाइलको एयर फोन लगाइ रहेको अबस्थामा थियो ।
तिन महिना अघि नोबेम्बर-१९-२०१० मा मात्र बाल कृष्ण तामाङ्ग संग बैबाहिक जिबनमा बाँधिएकि गायीका को श्रीमान् दुबइमा कार्यरत थिए । हाल मृतक योगीताको शबलाई पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको छ । बौद्ध परम्पराअनुसार मोक्तानको शनिबार स्वयम्भूमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

No comments:

Post a Comment