जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, May 4, 2011

लादेनले धर्मका नाममा जे गर्दै थिए

लादेनले धर्मका नाममा जे गर्दै थिए त्यो कुनै पनि कोणबाट सही थिएन । त्यसैले विश्वले उनलाई नम्बर एक आतंकवादी मान्यो


विगत १० वर्षदेखि महाशक्ति अमेरिका र पश्चिमा देशहरुको सर्वाधिक खोजीको सूचीमा रहेका अलकायदा प्रमुख ओसामा विन लादेन
अमेरिकी सेनाको आक्रमणमा पाकिस्तानी भूमिमा मारिएका छन् । लादेनको मृत्युले विशेषगरी अमेरिका र उसका सहयोगी पश्चिमा देशहरुमा खुसी छाएको छ । उनीहरु लादेनको मृत्युमा ँविजयोत्सव’ मनाइरहेका छन् । विश्वले उनको मृत्युलाई आतंकवादमाथिको विजय मानेको छ । स्वयं महाशक्ति अमेरिकाका राष्ट्रपति बाराक ओबामाले टेलिभिजमार्फत लादेनको मृत्युको घोषणा गर्दा आतंकवादमाथिको महŒवपूर्ण विजय हासिल भएको बताएका छन् ।



११ सेप्टेम्बर सन् २००१ मा न्यूयोर्कस्थित विश्व व्यापार संगठनका जुम्ल्याहा भवन ध्वस्त पारेपछि लादेन विश्वकै नजरमा खंुखार आतंककारीका रुपमा चिनिएका थिए । पश्चिमा देशहरुले लादेनलाई जति ठूला आतंककारी मानेर घृणा गर्थे उति नै इस्लामिक कट्टरपन्थीहरु उनलाई जेहादीका रुपमा सम्मान गर्थे । त्यसैले उनको मृत्युले पश्चिमा देश र इस्लामिक कट्टरपन्थीहरुबीचको दूरी र दुश्मनी झनै बढाउने निश्चित छ । निश्चय नै लादेनको मृत्यु आतंकवादको अन्त्य होइन । उनको मृत्युसँगै अलकायदा संगठन तहसनहस हुनेवाला पनि छैन । त्यसको संकेत लादेनको मृत्युलगत्तै अलकायदाको नेतृत्व सम्हाल्न इच्छुक उनका उत्तराधिकारीको ठूलो समूह चर्चामा आउनुले पनि पुष्टि गरेको छ । अलकायदामा लादेन एक्ला थिएनन् उनीपछि उनको स्थान लिनसक्ने व्यक्तिको कमी छैन त्यहाँ । त्यसैले आतंकवादविरुद्धको लडाइँ अझै पेचिलो बन्ने निश्चित छ ।

लादेन मारिएकोमा खुसी मनाउनुभन्दा पनि पश्चिमा विश्वका लागि लादेन कसरी जन्मिए उनलाई कसले किन र कसरी जन्मायो हुर्कायो र मलजल गर् यो भन्ने बुझ्नु जरुरी छ । लादेन जन्मँदै आतंककारी भएर जन्मेका थिएनन् । समयक्रमले उनलाई आजको विन्दुमा पुर् याएको हो । हिजो शीतयुद्धकालीन समयमा लादेनलाई हरतरहको सहयोग गरेर उकास्नेहरु नै आज उनका कट्टर दुश्मन बने । विगतमा उनलाई जसले जन्मायो हुर्कायो र आफ्नो इसारामा नचायो लादेन उनीहरुकै विरुद्धमा जेहाद लिएर खडा भए । लादेन जे गरिरहेका थिए त्यो मानवताविरोधी थियो । उनी धर्मका नाममा जे गर्दै थिए त्यो कुनै पनि कोणबाट सही थिएन । त्यसैले विश्व समुदायले उनलाई संसारकै नम्बर एक आतंकवादी मानेको थियो ।

तर उनलाई त्यसरी आतंकको सहारामा विश्वसँग जुध्ने आत्मबल दिने कार्यमा महाशक्ति अमेरिका र पश्चिमा विश्वको कम भूमिका थियो भन्न सकिन्न । लादेन मारिएकोमा धेरैले राहतको सास फेरे स्वागत गरे र खुसियाली मनाए । तर एउटा लादेन मारिँदैमा आतंकवादविरुद्धको लडाइँ टुंगेको ठानियो भने त्यो एउटा गम्भीर भूल ठहरिनेछ । यो त एउटा सुरुवात मात्र हो । अमेरिका र पश्चिमा देशहरुले आतंकवादविरुद्धको मोर्चामा अझै कठिन चुनौती सामना गर्नुपर्ने निश्चित छ । त्यसैले आतंकवाद जन्माउन नै बन्द गरे खत्तम गर्ने झन्झटबाट पनि मुक्ति मिल्नेछ ।

No comments:

Post a Comment