जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, September 17, 2011

नग्न बिहेको आलोचना

कसैलाई थाहा नदिई सुटुक्क नग्न बिहे गरेका जोडीको खोजी चीनका प्रहरी अधिकारीहरुले गरिरहेका छन् । तिनको मुख्य दोष थियो- बिहे नाङ्गै गर्नु । त्यस्तो क्रियाकलापलाई प्रहरीले बौलाहापनको हद मानेका छन् ।नाङ्गै बिहे गरेको भनी अखबारमा तश्वीरसमेत प्रकाशन भएपछि प्रहरीहरु अप्ठेरोमा परेका हुन् । पछिल्लो समयमा चीनमा पश्चिमे शैली र नक्कल बढ्दै गरेको भन्दै त्यस्ता किसिमका क्रियाकलापमाथि रोक लगाउन प्रहरीहरु ल्ागिपरेका छन् । चीन सरकारले चलाएको संगठन चाइनिज फोटोग्रार्फस असोसिएशनले नग्न किसिमका फोटोहरु नखिच्न र नखिचाउन परिपत्र गरेको छ ।

चीनको पारिम्परिक बिहे एक किसिमको भए पनि पश्चिमी शैलीको बिहे गर्ने चलन पनि बढ्दो क्रममा छ । यहाँका बिहेहरुमा लोकप्रिय शैली चाहिँ देवदूत हुनु, आदम र हब्बा -एडम र इभ) हुनु, प्राचीन ग्रीक भगवान्हरुको शैली अपनाउनु मात्र होइन कतिपय फोटोसेसन त हल्का अश्लीलसमेत हुने गरेका छन् ।

"यस किसिमका फोटो सेसन गर्नु बिहेको वास्तविकताभन्दा निकै टाढा पुग्नु हो", जारी गरिएको विज्ञप्तिमा फोटोग्राफर संघका अध्यक्ष हे लिनले भनेका छन्- "बिहे पवित्र र संस्कारित हुनर्ुपर्छ र यसलाई सम्मान गर्न सिक्नर्ुपर्छ ।"

No comments:

Post a Comment