जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, September 16, 2011

दुखाइ कम गर्न हाँसो

भनिन्छ, हँसिलो व्यक्ति सबैको पि्रय हुन्छ र उसको जीवन पनि सुखी हुन्छ । अनि यो पनि भनिन्छ कि आफू हाँसेर सबैलाई हँसाउन सक्ने कला भएका व्यक्ति दीर्घायु हुन्छन् । यस्तै एक अनुसन्धानका अनुसार हसाइले दुःख-पीडालाई दूर गर्न सक्ने दाबी गरेको छ । त्यसैले अब तपाईं-हामी आफ्ना साथीहरूसँग दिल खोलेर हाँसौं ।  अक्सफोर्ड विश्वविद्यालयको एक अध्ययनले जब हामी हलुको  रूपमा मुस्कुराउनुको सट्टा खुलेर हाँस्छौं भने यसले हुने शारीरिक क्रियाले मस्तिष्कमा 'इन्डोरफिस'को श्राव हुन्छ
। मस्तिष्कमा बन्ने यो जटिल रसायन कारण दुखाइ नियन्त्रण हुनुको साथै राम्रो अनुभूति हुन्छ । अध्ययनअनुसार अर्कासँग मात्र १५ मिनेटको कमेडी दुखाइलाई निदान गर्ने क्षमतालाई १० प्रतिशत बढाउँछ ।  अरूसँग खुलेर हाँस्दा इन्डोरफिनको श्राव हुन्छ । अनुसन्धानले नम्रता-पूर्वक हाँसो आँखासम्म पुग्दैन तर खुलेर हाँस्दा आँखा खुम्चिन्छन् ।

No comments:

Post a Comment