जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, September 16, 2011

बेसारले मुख र घाँटीको क्यान्सर रोक्छ

चोट निको पार्नदेखि अनुहारमा निख्खार ल्याउनसम्म बेसारको उपयोग गरिन्छ । हालै यसको अर्को गुण पनि पत्ता लागेको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाको वैज्ञानिकले गरेको अनुसन्धानअनुसार खानामा बेसारको प्रयोगले घाँटी र मुखमा हुने क्यान्सरको सम्भावनालाई थुप्रै गुणा कम गर्छ । युनिभर्सिटीको जोनसन
कम्प्रेहेन्सिभ क्यान्सर सेन्टरमा भएको अनुसन्धानमा वैज्ञानिकहरूले मानव र्‍याल (सैल्भा) को अध्ययन गरे । यो अध्ययनमा बेसारले र्‍यालमा 'प्रो-इन्फलेमेट्री साईटोकाइनेज' को मात्रालाई न्यून गर्ने पत्ता लाग्यो, जसले मुखमा हुने क्यान्सरको सम्भावना कम गर्छ । अध्ययनका लागि अनुसन्धानकर्ताको टोलीले घाँटीको क्यान्सर पीडित २१ महिला सामेल गरिएको थियो । प्रारम्भमा यी रोगीको र्‍यालको अध्ययन गरियो र फेरि उनीहरूलाई बेसार खान भनियो । बेसार खाएपछि फेरि उनीहरूको र्‍यालको परीक्षण गरियो । परीक्षणमा बेसार सेवनपछि र्‍यालमा क्यान्सरलाई रोक्ने तत्त्व भेट्टयाइयो ।

No comments:

Post a Comment