जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, November 7, 2011

मनलाई सुन्दर कसरी बनाउने ?

शरीरलाई आकर्षक देखाउन हामी धेरै मिहिनेत गर्छौ - मुहार सुन्दर बनाउछौ, राम्रो लुगा लगाउछौ, कपाल, नङ आदि अनेक मिलाउछौ । साथै हामी अरूको पि्रय हुन राम्रा व्यवहार पनि गर्छौ । राम्रा व्यवहारहरू राम्रो मनको प्रतिफल हो । वास्तवमा दीर्घकालसम्म मानिसहरूको मन जित्ने सुन्दर मनले हो वा भनौ सुन्दर व्यवहारले हो । शरीरको सुन्दरता र मनको सुन्दरतामा के फरक छ भने शरीरलाई बचाइराख्न खोजे पनि उमेरसागै गल्दै जान्छ तर मनको सुन्दरता समयसागै झन् झागिदै जान्छ ।
शरीरलाई सुन्दर बनाउने तरिका त हामीलाई थाहै छ तर मनलाई सुन्दर बनाउने कसरी त ? मनलाई सुन्दर राख्न हाम्रा सोचहरू सुन्दर हुनुपर्छ, विशाल हुनुपर्छ र व्यवहारमा पवित्रता हुनुपर्छ । यहाा मनलाई सुन्दर बनाउने पाच प्रमुख उपायहरू प्रस्तुत गरिन्छ ।
१. मनलाई खुल्ला राख्नुहोस्
खुल्ला मन सुन्दर हुन्छ र बन्द मन कुरूप । मनलाई बन्द गरिदिने कारकहरू हुन् - धारणा वा विचारको आग्रह । तपाई एउटा निश्चित धारणा वा विचारमा जकडिनुभएपछि अरूको धारणा र विचारमा त्रुटि मात्र देख्नुहुन्छ । त्रुटि देखेपछि विवाद गर्न चाहनुहुन्छ र अरूलाई गलत प्रमाणित चाहनुहुन्छ । विवादमा अल्झने र अरूलाई गलत प्रमाणित गर्ने प्रयासबाट तपाईा अलोकपि्रय मात्र बन्नहुन्छ ।
तपाईाको आˆनो विचार हुनसक्छ, धारणा हुनसक्छ तर तपाईा आˆनो धारणामात्र ठीक, आˆनै विचारमात्र ठीक भन्नुहुन्छ र आफूसित नमिल्ने विचारमाथि आक्रमण गर्नुहुन्छ भने कुरूपताले जन्म लिन्छ । आˆनो धारणा र विचार राख्नु ठीकै हो तर सबैलाई त्यही धारणा मनाउन खोज्नु, आˆनो धारणाको आधारमा अरूलाई गलत प्रमाणित गर्न खोज्नु, कहाानिर अरूको विचार, व्यवहारलाई आलोचना गर्नसकिन्छ भनी खोजी हिाड्नु गलत हो । यस्तो मन बातैपिच्छे अरूको आलोचना र वादविवादमा अल्झन चाहन्छ । विवादमा आफू जिते साथीको मन दुख्छ र साथी गुम्न पनि सक्छ । आफू हारे आपैFm लज्जित हुनुपर्ने हुन्छ ।
यसको विपरीत खुल्ला मन नयाा कुरा सिक्न चाहन्छ, बुझ्न चाहन्छ । अरूको कुरामा के सत्यता छ, के नौलो कुरा छ भन्ने कुरा खोज्न चाहन्छ । अरूले गरेका सबै कुरामा असहमत हुनु वा गलत प्रमाणित गर्नु जरुरी हुादैन । केही नयाा र राम्रो कुरा खोज्न सकिन्छ र त्यसलाई स्वीकार्न र प्रशंसा गर्नसकिन्छ ।
यसको अर्थ तपाईा आˆनो कुनै धारणा नै राख्नसक्नुहुन्न र अरूको कुरा मात्र सधैा वाहवाही गरिरहनुहोस् भन्ने होइन । अरूको विचार आफूलाई ठीक नलागे स्पष्टसित "तपाईाको विचार ठीक पनि हुनसक्छ तर मेरो विचार यस्तो छ" भन्न सक्नुहुन्छ वा "मेरो विचार यस्तो हो तर तपाईा बेग्लै विचार राख्न पनि सक्नुहुन्छ" पनि भन्न सकिन्छ ।
२. अरूको कुरा सुन्नुहोस्
हामी सबै आˆनो कुरा सुन्ने मान्छे मनपराउाछौा । कुरा सुन्दा कुरामात्र होइन, मानिसको भावना पनि बुझिन्छ । अरूको कुरा नबुझी आफूले कुरा गर्न खोज्दा व्यर्थको विवाद पर्छ ।
कुरा सुन्नु पनि एउटा कला हो । कुरा सुन्ने भनेको शब्दमात्र सुन्ने होइन । शब्दले भन्दा आवाजको उतारचढाव र शरीरको हाउभाउले धेरै कुरा भनिरहेको हुन्छ । त्यसैले कुरा सुन्ने भनेको बोलिरहेको व्यक्तिलाई सम्पूर्ण ध्यान दिनु हो । उनको शब्द, आवाज, शरीरको हाउभाउ, मुखाकृति सबैलाई ध्यानपूर्वक नियाल्नु हो । यसलाई सम्पूर्ण सुनाइ भनिन्छ । यसरी सुनेमा मानिसले शब्दमा व्यक्त नगरेका भावनाहरू पनि देखिन थाल्छन् । भावना बुझेर मात्र सही प्रतिक्रिया दिनसकिन्छ । भावना नबुझी दिइएको प्रतिक्रिया ठीक ठाउामा पर्दैन ।
साथै अरूको कुरा सुनिरहादा आˆनो मन शान्त हुनुपर्छ । आˆनै मनभित्र अनेक कुरा खेलिरहेका छन् भने अरूको कुरा पूरापूर ग्रहण गर्नसकिादैन । अरूको कुरा सुन्ने भनेको आˆनो बोल्ने पालो पर्खने पनि होइन । हामीमध्ये धेरैजसो अरूको कुरा सुनिरहादा 'कहिले यसले बोल्न सक्याउाला र म यस्तो भनुाला' भनेर सोचिरहेका हुन्छौा । यस्तो अवस्थामा हाम्रो सुनाइ सकारात्मक हुादैन । राम्रो सुनाइको सम्बन्ध खुल्ला दिमागसाग पनि हुन्छ । सुन्नु भनेको दिमागलाई खुल्ला राखेर अरूको कुरा ग्रहण गर्नु हो ।
३. नकारात्मक मानसिक संवादबाट बच्नुहोस्
कसैसित रिस उठिरहेको छ वा केही कुरा चित्त नबुझेको छ भने हाम्रो मनमा अनेक नकारात्मक कुरा खेलिरहन्छन् । यसमा रिस, ईष्र्या, जलन आदि सबै नकारात्मक भावना हुनसक्छन् । यसबाट हामीलाई तनाव हुन्छ ।
कसैको रिसका कारण मनमा नकारात्मक कुरा खेलाइरहादा वा बदलाको भावनामा जलिरहादा हाम्रो आˆनै दिमाग तात्छ, आˆनै सुखशान्ति भङ्ग हुन्छ, शत्रुको केही पनि बिगि्रादैन । यसले हाम्रो जीवनका सुन्दर क्षणहरूलाई दुःखपूर्ण बनाइदिन्छ । मनमा नराम्रो कुरा खेलिरहादा हामी ठीकसित सोच्न पनि सक्दैनौा ।
मनमा नकारात्मक मानसिक संवाद खेल्न थाल्यो भने लामो श्वास लिने र छोड्ने र श्वासमा ध्यान केन्दि्रत गर्ने गर्‍र्यौा भने यो कम हुनथाल्छ ।
४. पछुताइरहने बानी नबसाल्नुहोस्
मानिसबाट गल्ती हुन्छ र गल्तीबाट सिक्नुपर्ने पनि हुन्छ तर पछुताइरहने वा आफैालाई कोस्ने बानीबाट हामी कहिल्यै पनि माथि उठ्न सक्दैनौा । कहिलेकाहीा हामी आˆनै गल्तीमा हाास्नुपर्ने पनि हुन्छ । पछुताइरहनाले अगाडि बढ्न सकिादैन । कोही मानिस सानै गल्तीमा पनि धेरै कुरा खेलाइरहने हुन्छ । यसले हीन भावना पैदा हुन्छ । हीन भावनाले मनलाई कुरूप बनाइदिन्छ । सुन्दर मनले आफू जस्तो भए पनि स्वीकार गर्छ, आफैालाई माया र सम्मान गर्छ ।
सुन्दर मनले पहिलेका घटनाबाट सिक्छ र अगाडि बढ्छ । बितिसकेको कुरामा पछुताइरहादैन ।
५. नडराउनुहोस्, नलोभिनुहोस्
मानिसका धेरैजसो व्यवहार डर र लोभबाट सञ्चालित हुन्छन् । के ठीक हो भन्ने कुरा थाहा पाएर पनि आˆनो केही सानो कुरा गुम्ने भयले वा केही सानो कुरा पाउने लोभले आफैालाई बेठीक लाग्ने कुरा पनि हामी गरिरहेका हुन्छौा । यस्तो कार्यमा हानि वा लाभ धेरै साना हुन्छन् र तत्कालको लागि मात्र हुन्छ । डर र लोभको कारण गरिएको निर्णय कहिल्यै पनि दीर्घकालको फाइदाजनक हुादैन । सर्वसाधारण मात्र होइनन्, कतिपय ठूला व्यक्तिहरू पनि डर र लोभको कारण बेठीक कुरा गर्नपुग्छन् । हामी डर र लोभबाट टाढा रही सच्चा व्यवहार गर्ने मानिसको प्रशंसा गर्छौा भने हामी आफैा किन डर र लोभबाट मुक्त व्यवहार नगर्ने त ? डर र लोभबाट टाढा रही गरिएको व्यवहार नै सच्चा व्यवहार हो र त्यसमा असीमित शक्ति हुन्छ ।
तर यसको अर्थ हामी कठोर व्यवहार गरौा भन्ने होइन । जस्तो व्यवहारमा पनि शिष्टता हुनु जरुरी हुन्छ । कुनै पनि कार्य गर्नुअघि हामी आफैालाई सोध्न सक्छौा - मेरो कार्य डर वा लोभले निर्दिष्ट त छैन ? डर र लोभले मुक्त मन नै सुन्दर मन हो । त्यसैबाट सत्यपूर्ण सोचको जन्म हुन्छ र त्यसबाट सबैको कल्याण पनि हुन्छ ।
सुन्दर मन शीतल र हलुङ्गो त हुन्छ नै । यसले जीवनलाई पनि सुन्दर बनाउाछ । साथै नजिक आउनेलाई समेत शीतलता प्रदान गर्छ । 'फूलको आाखामा फूलै संसार' भनेझैा सुन्दर मनले हेर्दा संसार नै सुन्दर देखिन्छ ।
-लेखक मनोविमर्शकर्ता र सफलता विषयको तालिमकर्ता हुनुहुन्छ ।)

No comments:

Post a Comment