जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, July 16, 2011

प्रेमले दिन्छ जिउने इच्छा

ट मायाको अनुभूति हुन्छ भने उसको शरीरमा यस प्रकारको रसायनिक परिवर्तन हुन्छ, जसले गर्दा रोगसँग लड्ने क्षमता वृद्घ िहुन जान्छ ।अनुसन्धानकर्ताहरूले एउटा अनुसन्धानमा प्रेम र भावनात्मक सुरक्षा बढी मिल्ने व्यक्तिको धमनीमा प्रेम र आत्मीयताबाट वञ्चित व्यक्तिको दाँजोमा अवरोध कम हुने औंल्याएको हो ।

Sunday, July 10, 2011

भुवनलाई बिच सडकमै ‘गर्लफ्रेन्ड’शर्मिलाका पतिले कुटे

सुस्मितासँगको सम्बन्धबिच्छेदपछि शर्मिला डंगोल नामकी एक बिबाहित युवतीलाई आफ्नी नयाँ प्रेमिका भनेर चिनाउँदै आएका भुवन केसीलाई तीनै प्रेमिकाका श्रीमानले बिच सडकमै भकुरेका छन् । पर्दामा हिरो बनेर सधैं गुण्डालाई पिटिरहने र सधैजसो जितिरहने भुवन केसीले सनिवार दिउँसो भने बिच सडकमै कुटाइ खानुपर्‍यो त्यो पनि फिल्मी शैलीमै । प्रत्यक्षदर्शीका अनुसार भुवनलाई शर्मिलाका पतिले पैसाको लोभमा आफ्नी श्रीमतीलाई बरालेको भन्दै सनिवार मध्यान्ह करिव पौने १२ बजे कोटेश्वर चोकमा गाडीबाट थुतेर कुटेका थिए ।

Thursday, July 7, 2011

धरान, सिन्धुली र सराङकोटमा केबुलकार योजना

विष्णु पोखरेल, काठमाडौं, असार २३ - निजी क्षेत्रका छुट्टा-छुट्टै कम्पनीले राजधानी सहित मुलुकका विभिन्न चार स्थानमा केबुलकार सञ्चालन गर्ने अनुमति पाएका छन्। केबुलकार सञ्चालन गर्न प्रस्ताव गर्ने काठमाडौं फन पार्क प्रालि, सिद्धबाबा दर्शन केबुलकार प्रालि, फिस्टेल भ्यु केबुलकार प्रालि र जय धरान केबुलकार प्रालिले उद्योग सञ्चालन अनुमति पाएका हुन्। उद्योग विभागले राजधानीमै केबुलकार सञ्चालन गर्ने प्रस्ताव पेस

Tuesday, July 5, 2011

बस त्रिशूलीमा खस्दा १२ बेपत्ता, दुईको मृत्यु

धादिङ, २१ असार
मंगलबार बिहान त्रिशूलीमा बस खस्दा बेपत्ता भएका १२ भन्दा बढी यात्रुको अझै अत्तोपत्तो छैन । दिनभर नदीमा देखिएको बसलाई पनि बेलुका भेलले बगाएको छ ।
उदयपुरको कटारीबाट राजधानी जाँदै गरेको बस ना४ख ४४२९ नम्बरको बस मंगलबार बिहान करिब ४ बजे धादिङ बेनिघाटको सडकबाट त्रिशूली नदीमा खसेको थियो । बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ भने ३६ जना घाइते छन् । बसमा चालक, सहचालक र कन्डक्टरबाहेक ४२ जना यात्रुले टिकट काटेका थिए । बस कर्मचारीबाहेक ३३ जनाको उद्धार भएको छ भने दुईजनाको मृत्यु भएको छ । अरू सातजना नदीमा बगेका छन् ।

Monday, July 4, 2011

अनुजा स्क्यान्डल : सेलिब्रेटीदेखी सर्वसाधारणसम्म

जम्मा ९१ लाख त्यसमा पनि हिराको हार फेला पार्ने त्यो व्यक्तिले खोजविन गरिकन सम्बन्धित सम्पत्तिवाला यानकि जसको सामान र पैसा हराएको थियो, उसलाई सुटुक्क बुझायो भनेको सुन्दा सायदै कसैले पत्याउला । तर, भोजपूर झुल्के घरभई हाल धरानमा दाजुकोमा ( बडाबाका छोरा ) बस्दै आएकि अनुजा बानियाले ९१ लाख र हिराको हार फेला पारेपछि सम्वन्धित व्याक्तिलाई विना रकम विना वक्सीस बुझाएको र उल्टै पैसा हराउने व्यक्तिलाई चियापान गराएर पठाएको समाचारले नेपालका सम्पूर्ण साना ठूला व्यानरका पत्रपत्रिका सञ्चारमाध्यममा व्यापक स्थान पायो ।

कट्रिना संसारकै सबैभन्दा सेक्सी युवती

हलिउडबाट बलिउड भित्रिएकी कट्रिना कैफले आफूलाई एक कुशल अभिनेत्रीको रुपमा स्थापित गर्न सफल भएकी छिन् । हिन्दी त्यति राम्रो बोल्न नआए पनि फिल्ममा भने उनको सम्वाद कुनै अन्य भारतीय नायिकाको भन्दा कम छैन । उनको सुन्दरतामा दिवाना हुने त हजारौ फ्यान र दर्शकहरु छन् । हालै गरिएको एक पत्रिकाको सर्वेक्षणले कट्रिना संसारकै सबैभन्दा सेक्सी युवती भएको देखाएको छ । तर आश्चर्यको कुरा के छ भने कट्रिना भने स्वयंलाई सेक्सी नभएको बताउछिन् । ‘म आफूलाई सेक्सी मान्दिन । यदि यो साचो भएको भए म अहिलेसम्म सिङ्गल (एक्लो) हुदैनथे ।

धेरै नम्बर आउँदैमा विज्ञान नरोजौँ'

एसएलसी परीक्षामा धेरै नम्बर आएमा साइन्स नै पढ्नुपर्छ भन्ने मान्यता हाम्रो समाजमा अझै पनि हट्न सकेको छैन । रुचि नभएको तर एसएलसीमा धेरै नम्बर आएकै कारण प्लस टुमा साइन्स विषय रोज्दा धोका पाएका धेरै उदाहरण छन् । जानकार भन्छन्, 'नम्बर हेरेर होइन रुचिको विषय छानौँ, धेरै नम्बर आउनेले साइन्स सजिलै पढ्न सक्छ भन्न सकिँदैन ।'पछिल्ला वर्षमा एसएलसीमा पाएको प्राप्तांक र विषय छनोटका सम्बन्धमा

Saturday, July 2, 2011

आमाले चलाएको कारले किचेर छोराको मृत्यु

बाहिरबाट कार लिएर आएकी आमाले रिमोटले घरको गेट खोलिन् र कार ब्याक गरेर पार्क गर्न लागिन् । त्यही क्रममा उनले आफ्नै बच्चालाई किच्न पुगिन् । 
सिंगापुरकी एक महिलाले आफ्नै बच्चामाथि कार चढाएकी छिन् । सुन्दै पनि कहालीलाग्दो